नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमन वरिष्ठ क्याप्टेन दीपुराज ज्वारचन नियुक्त भएका छन् ।
सरकारले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेसँगै रिक्त रहेकेो कार्यकारी पदमा ज्वारचनलाई असार ६ गतेको मन्त्रिपरिषद्को निर्णयले अस्थायी नियुक्ति दिलाएको हो ।
ज्वारचनले हालै एयरबस ३२० को प्रशिक्षक पाइलटको जिम्मेवारी पाएका थिए । एक दशक भन्दा बढी समय निगममा गुजारिसकेका ज्वारचन हालैमात्रै अपरेशन निर्देशकको जिम्मेवारीबाट बाहिरिएका थिए ।
यसअघि उनले करिब दुई वर्ष अपरेशन निर्देशकको रूपमा काम गरिसकेका छन् । ज्वारचनको सपरिवार नै निगममा आबद्ध छन् । उनका बुबा यामप्रसाद ज्वार्चन निगमका क्याप्टेन हुन् भने आमा सुमिली ज्वार्चन वरिष्ठ उडान पर्यवेक्षक हुन् ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया