NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

सेतुमारी–सिजुवा सडक एक वर्षपछि सञ्चालनमा

दमक । झापाको दमकस्थित सेतुमारी, मोरङको इन्द्रेझोडा महाराजथान हुँदै सिजुवा जोड्ने अवरुद्ध सडक एक वर्ष पछि सञ्चालनमा आएको छ ।

गत वर्ष कात्तिक पहिलो साता मावा खोलामा आएको बाढीका कारण सो सडकमा क्षति पु-याएको छ । मावा खोलाको बाढीले सो सडकको झापा र मोरङको सीमा खण्डमा कटान गरेको थियो । सडक कटान भएपछि त्यस सडकखण्ड पूर्णरुपमा आवतजावत बन्द छ ।

अवरुद्ध सडक दमक नगरपालिका–१० र उर्लाबारी नगरपालिका–९ को पहलमा पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए । सडकका खाल्डा पुरेर आठ थान ह्युम पाइप राखिएको छ । सडक खुलाउने काममा स्थानीयवासीले समेत मर्मतसम्भारको काममा सहयोग पु-याएका थिए ।

सडक सञ्चालनमा आएपछि दमकको दक्षिणी भेगबाट पूर्वी मोरङसम्म आवतजावत गर्न सुविधा पुगेको स्थानीय नगेन्द्रमणि न्यौपानेले बताए ।

 

ताजा अपडेट

नेपालवाच विशेष