सागरले सकेनन् मतान्तर घटाउन, देउवा अगाडिको अगाडि

काठमाडौं । डडेल्धुराका स्वतन्त्र उम्मेदवार सागर ढकाल कांग्रेस उम्मेदवार शेरबहादुर देउवासँग दोब्बर मतले पछाडि परेका छन् । उनले अवस्था केही सुधार गरे पनि देउवालाई नजिकबाट चुनौती दिन चुकिरहेका छन् ।
प्राप्त पछिल्लो मत परिणाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् । उनले अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा पाँच हजार छ सय २१ मत हासिल गरेका छन् ।
उनलाई पछ्याइरहेका ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाएका छन् भने ६ सय ५६ मत बदर भएका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया