NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

सौन्दर्य सामग्रीमा मात्रै अर्बौं रकम खर्च गर्छन् नेपाली : कुन शीर्षकमा कति खर्च ?

चालु ५ महिनामा २ अर्ब २५ करोडको सौन्दर्य सामग्री आयात

काठमाडौं । सुन्दर देखिन कसलाई चाहाना हुँदैन ? सौन्दर्यतामा नै मानिसको सुन्दरता झल्किन्छ । त्यसैले जोकोही सुन्दर देख्न चाहन्छन् । सुन्दरताको मापन गर्ने सर्वमान्य इकाई यहि हो भन्ने अवस्था छैन । तर सुन्दरताप्रति जोकोहीको धेरै–थोर मोह अवस्य हुन्छ ।

दैनिक जीवनमा ‘मेकअप’ अनिवार्य जस्तै भइसकेको छ । घरमा बस्दा एक किसिमको ‘मेकअप’ गरिन्छ, अफिस जाँदा अर्कै किसिमको हुन्छ । कुनै सभा समारोह वा बिहे पार्टीमा जाँदा एक किसिमको ‘मेकअप’मा सजिएका हुन्छन् ।

पछिल्लो समय बदलिदो मौसम, खानपान र अव्यवस्थित जीवनशैलीको कारण अनुहार तथा छालामा विभिन्न समस्या देखा पर्न थालेका छन् । यसले गर्दा पनि मान्छेले शरिर तथा अनुहार सुरक्षाको लागि बनेका सौन्र्दयका सामान प्रयोग गर्नुपर्ने अनिवार्यता जस्तै भइसकेको छ ।

सुन्दर देखिन मान्छेले अनेक उपाय अपनाउने गरिन्छ । अहिले त सहर बजारमा सुन्दरतालाई थप निखार्नकै लागि पार्लर, सैलुन खोलिएका छन् । अनुहारमा देखिएको दाग मेटाउन होस् या शरिर, अनुहारलाई चम्किलो बनाउन महिलाहरू मेकअपमा बढी अग्रसर हुन्छन् ।

महिलाका साथसाथै पुरुषहरू पनि सुन्दर देखिनका लागि पार्लर धाउने तथा घरमै ‘मेकअप’ सामग्री प्रयोग गर्छन् । सुन्दर बन्नको लागि भने नेपाली महिलाहरूले अर्बौं रुपैयाँ खर्चिने गरेको पाइएको छ ।

भन्सार विभागको चालु आव ०७८/७९ को साउनदेखि मंसिरसम्मको तथ्यांक हेर्दा २ अर्ब २५ करोड रुपैयाँ बराबरको सौन्दर्य सामग्री आयात भएको छ । जुन गत आव ०७८/७९ को सोही अवधिको तुलनामा आयातमा केही कमी हो । गत आवको सोहीअवधिमा २ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको सौन्दर्य सामग्री आयात भएको थियो ।

यस्तो छ तथ्यांकः

३० करोडको फेस क्रिम

अनुहारलाई गोरो, चिल्लो, मुलायम, चम्किलो बनाउन फेस क्रिमको प्रयोग गरिन्छ । बजारमा सस्तादेखि महंगासम्मका विभिन्न ब्राण्डका फेस क्रिम पाइन्छ । चालु आवको मंसिरसम्म को अवधिमा ३० करोड ४९ लाख रुपैयाँको फेस क्रिम आयात भएको छ ।

२१ करोडको बडी लोसन

सम्पूर्ण शरिरलाई सुख्खापनबाट बचाउन, मुलायम, चम्किलो बनाउन र विभिन्न संक्रमणबाट बचाउन बडी लोसनको प्रयोग गरिन्छ । अन्य समयभन्दा जाडो महिनामा बढी बडी लोसन प्रयोग गरिन्छ । भन्सार विभागका अनुसार चालु आवको ५ महिनाको अवधिमा २१ करोडको विभिन्न ब्राण्डका बडि लोसन आयात भएको पाइएको छ ।

१८ करोडको लिप मेकअप

ओठलाई सुन्दर, मुलायम र सुख्खापनबाट बचाउन ओठको स्याहार निकै जरुरी हुन्छ । ओठ सुख्खा हुन नदिन लिपबाम, पेट्रेलियम जेली, ग्लोस, लिप लाइनर, लिपिस्किट आदि लगाउने गरिन्छ । ओठ ‘मेकअप’ले अनुहारलाई थप उज्यालो बनाउँछ । ओठमा लगाउने सामग्रीकै लागि नेपाली महिलाहरूले ५ महिनामा १८ करोड ८२ लाख रुपैयाँ खर्चिएको विभागको तथ्यांक छ ।

९ करोडको पाउडर

अनुहारमा अरु क्रिम लगाइसकेपछि पनि मेकअप फिनिसिङका लागि पाउडर लगाउने गरिन्छ । छालाको संक्रमणबाट बच्नपनि पाउडर प्रयोग हुन्छ । ५ महिनामा नेपालमा ९ करोड ६ लाखको पाउडर आयात भएको छ ।

८ करोडको आइ मेकअप
सुन्दरतामा थप निखारता ल्याउन आइ मेकअपले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आँखालाई सुन्दर बनाउन गाँजल, आइस्याडो, आइलाइनर, मस्करा, कृत्रिम परेला प्रयोग गरिन्छ । चालु आवको मंसिरसम्ममा नेपालमा ८ करोड २२ लाख रुपैयाँ बराबरको आइ मेकअपका सामग्री आयात भएको भन्सार विभागले जनाएको छ ।

४ करोडको पेट्रोलियम जेल

छालालाई सुख्खापनबाट जोगउनको लागि भ्यासलिन लगायतका पेट्रोलियम जेल प्रयोग गरिन्छ । तथ्यांकअनुसार ५ महिनाको अवधिमा ४ करोड रुपैयाँको पेट्रोलियम जेल आयात भएको छ ।

२ करोडको मेनिक्योर–पेडिक्योर

मेनिक्योर –पेडिक्योर हात खुट्टालाई सुन्दर बनाउन मेनिक्योर –पेडिक्योर प्रयोग गरिन्छ । नेल पोलिस लगानुअघि नङ सफा गर्ने क्लिनजर, नेलपोलिस रिमोभरको प्रयोग गरिन्छ । यी र यस्ता सामग्री आयातमा नेपालीहरूले ५ महिनाको अवधिमा २ करोड २८ लाख रुपैयाँ विदेसिएको छ ।

५८ लाखको नेल पोलिस

नङलाई थप सुन्दर देखिनका लागि नेल पोलिसको पनि उत्तिकै आवश्यकता हुन्छ । महिलाहरुले आफूलाई मन पर्ने रङमा नेल पोलिस लगाउन सक्छन् । चालु आवको ५ महिनामा ५८ लाखको नेलपोलिस नेपाल भित्रिएको विभागको तथ्यांक छ ।

४२ लाखको सिन्दुर

हिन्दू विवाहित नारीहरूले सिन्दुरलाई प्राथामिकताका साथ प्रयोग गरेको पाइन्छ । विवाहित हिन्दु नारीले बिना सिन्दुर शृंगारलाई अधुरो मान्ने गरेको पनि देखिन्छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार ४२ लाखको सिन्दुर नेपाल भित्रिएको पाइएको छ ।

अन्य सौन्दर्य सामग्री

माथि उल्लेख गरेका सौन्दर्य सामग्रीबाहेक नेपालमा चालु आवको ५ महिनामा १ अर्ब २८ करोड रुपैयाँ बरारको अन्य विभिन्न किसिमका सौन्दर्य सामग्री आयात भएको विभागको तथ्यांक छ ।

६० भन्दा बढी मूलुकबाट आयात

भन्सार विभागकाअनुसार नेपालमा अस्ट्रेलिया, बेल्जियम, भारत, हङकङ, फ्रान्स, जर्मनीलगायत गरी ६० भन्दा बढी मूलुकबाट सौन्दर्यका सामग्री आयात हुँदै आएको छ ।