१२ राशिका लागि कस्तो रहनेछ यो साता ?

मेष
मेष राशिका व्यक्तिहरुका लागि यो साता लाभदायक हुने योग छ । लामो समयदेखि चलिरहेको समस्याको हल हुने देखिन्छ । प्रभावशाली व्यक्तिको सहयोगमा रोकिएका काम पूरा हुनेछन्। बढुवा वा सरुवाको मनोकामना पनि पूरा हुने सम्भावना छ । कामदार महिलाको लागि घर र कार्यस्थलमा सम्मान बढ्नेछ। साताको मध्यमा अदालतसँग सम्बन्धित कुनै ठूलो मामिलामा राहत मिल्नेछ। यसमा निर्णय नै तपाईंको पक्षमा आउन सक्ने वा तपाईंका विपक्षीले सम्झौता गर्न सक्छन् । शत्रुहरूको चाल निस्तेज हुनेछ । लामो समयदेखि व्यवसाय विस्तार गर्ने योजनामा जुटेका व्यक्तिहरूले लय पक्डिनेछन् । बेरोजगारले रोजगारी प्राप्त गर्ने योग छ ।विद्यार्थीका हकमा पनि यो साता अनुकूल छ । साताको अन्त्यमा केही शुभ समाचार प्राप्त हुन सक्छ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। प्रेमीबाट सरप्राइज उपहार प्राप्त गर्ने देखिन्छ । दाम्पत्य जीवन सुखमय रहनेछ।
सुख र सौभाग्य प्राप्त गर्न यो राशिफलका व्यक्तिले दैनिक सात पटक हनुमान चालिसाको पाठ गर्नु लाभदायक हुन्छ ।
वृष
वृष राशि हुनेहरुका लागि अघिल्लो साताको तुलनामा यो साता शुभ छ । साताको सुरुवातमा नै धन र सुख दुवै प्राप्त हुने योग देखिन्छ। आरामदायी वस्तुमा पैसा खर्च गर्नुहुनेछ। घरमा कुनै बहुप्रतिक्षित वस्तुको आगमन हुँदा खुशीको वातावरण रहनेछ। मनोरञ्जनका साधनमा वृद्धि हुनेछ । साताको मध्यमा करियर–व्यवसायको सिलसिलामा लामो दूरीको यात्रा गर्ने सम्भावना छ । यात्रा सुखद र सफल रहनेछ। प्रभावशाली व्यक्तिको सहयोगमा जग्गा, यससम्बन्धी कुनै विवाद भएमा समाधान हुनेछ। पैतृक सम्पत्ति प्राप्त हुनेछ। साताको मध्यमा कुनै धार्मिक–सामाजिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । यस अवधिमा तपाईंलाई विशेष सम्मान पनि मिल्ने अर्को योग पनि छ । परिवारमा तपाईंले लिएका निर्णयहरूको प्रशंसा हुनेछ र परिवारका सदस्यहरूको पूर्ण समर्थन प्राप्त हुनेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। साताको अन्त्यमा सन्तान पक्षबाट केही शुभ समाचार प्राप्त हुन सक्छ।
देवी दुर्गाको दैनिक पूजा गर्दा तपाईंका मनोरथ पूरा हुनेछन् ।
मिथुन
मिथुन राशिका लागि यो साता फलदायी रहनेछ । साताको प्रारम्भदेखि योजनाबद्ध काम सम्पन्न हुने देखिन्छ। जागिरमा रोकिएका काम सम्पन्न भई इच्छित प्रगति तथा पद–प्रतिष्ठा मिल्नेछ। करियर–व्यवसायका लागि गरिएको यात्रा सुखद र लाभदायी साबित हुनेछ । व्यापार–व्यवसायमा गरिएका प्रयासहरू अपेक्षाअनुरूप अघि बढने देखिन्छ र विगतमा कुनै योजनामा गरिएको लगानी ठूलो नाफाको कारण बन्नेछ। साताको उत्तरार्धमा शुभचिन्तकको सहयोगले परिवार वा प्रेमीसँगको मतभेद समाधान हुनेछ। घरसम्बन्धी कुनै समस्या समाधान गर्दा पिताको विशेष सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धको दृष्टिकोणले समय अनुकूल छ। कसैको अगाडि प्रेम प्रस्ताव स्वीकृत हुने सम्भावना छ । जबकि, पहिलेदेखि चलिरहेको प्रेम सम्बन्धमा निकटता बढ्नेछ। खानपानमा भने उचित ध्यान दिनुपर्नेछ । अन्यथा पेटसम्बन्धी समस्या आउन सक्छ।
भगवान गणेशलाई दुवो चढाएर हरेक दिन गणपति अथर्वशीर्षको पाठ गर्दा तपाईंका मनोकांक्षा पूरा हुनेछन् ।
कर्कट
कर्कट राशिका लागि यो साता मिश्रित रहनेछ । तपाईंले गरेको मिहिनेतको प्रतिफलस्वरूप साताको प्रारम्भमा विशेष कार्यमा सफलता मिल्नेछ। यो साता व्यवसायीका लागि भने त्यति राम्रो छैन । पैसाको लेनदेन गर्दा विशेष सावधानी अपनाउनुहोला । साताको मध्यमा अचानक केही ठूला खर्चहरू आउन सक्छन्, जसका कारण तपाईंको बजेट बिग्रन सक्छ। यस अवधिमा जग्गा निर्माणसम्बन्धी विवादहरू गहिरिन सक्छन्। दैनिक ज्यालादारी गर्नेहरूलाई धन जम्मा गर्न गाह्रो हुनेछ। व्यवसायीहरुको पैसा बजारमा अड्किन सक्छ । यद्यपि साताको उत्तरार्धमा तपाईंको आर्थिक स्थितिमा सुधार आउनेछ । तर पनि यस समयमा तपाईंले अरूलाई अन्धाधुन्ध विश्वास गर्न र जोखिमपूर्ण योजनाहरूमा लगानी गर्न हुँदैन । प्रेम सम्बन्धमा सावधानीपूर्वक कदम चाल्नुहोस्, अन्यथा असफलताको सम्भावना छ। खानपान र स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । सुखी दाम्पत्य जीवनको लागि आफ्नो जीवनसाथीको भावनालाई बेवास्ता नगर्नुहोस्।
तामाको भाँडोमा हरेक दिन शिवलिंगलाई अर्घ्य दिनुहोस् र शिव महिम्ना स्तोत्रको पाठ गर्नुहोस्। यसले अप्ठ्याराहरू तपाईंसामु नआइपुगी परैबाट पाखा लाग्नेछन् ।
सिंह
सिंह राशि हुनेहरुका लागि यो साता फलिफाप नै फलिपाप हुने योग छ । साताको सुरुवातमा नै तपाईंले बहुप्रतिक्षित शुभ समाचार प्राप्त गर्ने योग छ । यो अवधिमा हुने प्रिय व्यक्तिको आगमनले घरमा खुशीको वातावरण छाउनेछ । रोजगार व्यक्तिहरूले यस अवधिमा घर र कामको बीचमा सन्तुलन कायम गर्न केही कठिनाइहरूको सामना गर्नसक्छन् । बजारमा आएको उछालबाट व्यवसायीले फाइदा उठाउन सक्नेछन् । वरिष्ठ व्यक्तिको सहयोगले घरसँग सम्बन्धित विवाद समाधान हुनेछ। आफन्तसँगको मनमुटाव हट्नेछ । पैतृक सम्पत्तिको प्राप्तिमा आउने बाधाहरू हटेर मानसिक चिन्ता कम हुनेछ। साताको उत्तरार्धमा अचानक लामो यात्रामा जाने सम्भावना छ। यात्रा सुखद रहनेछ र सम्पर्कमा वृद्धि हुनेछ। साताको अन्त्यमा सुख सुविधा वा घर मर्मत आदिमा खर्च हुनसक्छ। प्रेम सम्बन्धको मामिलामा यो साता तपाईंको लागि अनुकूल छ। प्रेमी–प्रेमिकासँग राम्रो समन्वय रहनेछ । जीवनसाथी र परिवारसँग रमाइलो पल बिताउने अवसर मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ।
तामाको भाँडोमा सूर्यदेवलाई दिनहुँ जल, अक्षता चढाउनुहोस् र आदित्य हृदय स्तोत्रको पाठ गर्नुभयो भने दुःख कष्टले तपाईंलाई स्पर्श गर्ने छैनन् ।
कन्या
यो साता कन्या राशिका लागि प्रतिकूल हुने देखिन्छ । दुर्घटना हुन सक्ने योग रहेकाले सावधानी अपनाउनुहोला । यो साताको प्रारम्भमा तपाईंले आफ्नो काममा केही कठिनाइहरू पनि सामना गर्नुपर्ने हुन सक्छ। शत्रूहरू सक्रिय रहने योग छ । बच्चाहरूसंग सम्बन्धित कुनै पनि समस्या तपाईंको चिन्ताको प्रमुख कारण हुनेछ। जागिरमा अचानक कामको बोझ बढ्न सक्छ। यस अवधिमा व्यापार व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले पैसाको लेनदेन गर्दा धेरै सावधानी अपनाउनुपर्नेछ, अन्यथा उनीहरूले आर्थिक हानिको सामना गर्नुपर्नेछ। यदि तपाईं आफ्नो व्यवसाय विस्तार गर्ने सोचमा हुनुहुन्छ भने, आफ्ना शुभचिन्तकहरूको सल्लाहबिना यस दिशामा कुनै कदम नचाल्नुहोस्। साताको सुरुवात त्यति राम्रो नभए पनि अन्तिमतिर केही राहत मिल्नेछ। यस अवधिमा अपेक्षाअनुरूप सफलता प्राप्त भएमा मन प्रसन्न रहनेछ। आम्दानीका साधनमा वृद्धि हुनुका साथै खर्च पनि बढ्नेछ । कन्या राशिका व्यक्तिहरूले यो साता आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ। सवारीसाधन सावधानीपूर्वक चलाउनुहोस् अन्यथा चोटपटकको सम्भावना छ। प्रेम सम्बन्धमा प्रेम साथीको भावनालाई बेवास्ता नगर्नुहोस्।
दिनहुँ हनुमानको उपासना र बजरंगबान पाठ गरेर तपाईंले आफ्ना अगाडि आउन सक्ने संकट दूर गर्न सक्नुहुन्छ ।
तुला
तुला राशिका लागि यो साता मिश्रित रहनेछ । तपार्इंको काम सम्पन्न हुनेदेखि अलपत्र पर्नेसम्मका योग छन् । यद्यपि, तपाईं आफ्नो बुद्धि र विवेकले सबै समस्याहरू समाधान गर्न सक्षम हुनुहुनेछ। पदोन्नति वा स्थानान्तरणको प्रतिक्षामा रहेका रोजगारदाताले शुभ समाचार प्राप्त गर्न केही समय पर्खनुपर्ने हुनसक्छ। साताको मध्यमा दाजुभाइ वा दिदीबहिनीको सहयोगले काममा आउने कठिनाइ हट्नेछ । यस अवधिमा नयाँ तथा पुराना साथीभाइसँग अन्तरक्रिया हुनेछ । यो समय तपाईको सम्बन्धको लागि राम्रो छ । तर स्वास्थ्यको दृष्टिकोणले प्रतिकूल छ । त्यसैले सावधान रहनुहोला । साताको उत्तरार्धमा आफ्नो काम कसैको हातमा नछोड्नुहोस्, नत्र भएको काम पनि बिग्रन सक्छ। जग्गा तथा भवन किनबेच गर्ने प्रयास गर्दै हुनुहुन्छ भने राम्रो सम्झौता गर्न सकिनेछ। परिवार र सन्तानसँग रमाइलो समय बिताउनुहुनेछ। प्रेम सम्बन्धमा उत्पन्न असमझदारी महिला मित्रको सहयोगले हट्नेछ ।
वृश्चिक
वृश्चिक राशिका व्यक्तिहरूका लागि यो साता राम्रो छ । साताको प्रारम्भमा नै तपाईंको व्यवसायमा रहेका कुनै पनि प्रमुख अवरोध हट्नेछन्। जग्गासँग सम्बन्धित विवाद अदालतको सट्टा आपसी समझदारीबाट समाधान भएमा राहतको सास फेर्नुहुनेछ। साताको उत्तरार्धमा जागिर खानेहरूका लागि पदोन्नति र आर्थिक लाभको अवसर मिल्नेछ। कार्यस्थलमा वरिष्ठहरूसँग राम्रो समन्वय हुनेछ, जसका कारण तपाईंको लक्ष्य समय भन्दा पहिले पूरा हुनेछ। यस समयमा तपाईंले कुनै पनि नयाँ र ठूलो योजनामा काम गर्न सक्नुहुन्छ। रोजगारीका लागि थप आयस्रोत हुनेछ । सञ्चित धनमा वृद्धि हुनेछ । यदि तपाईं वैदेशिक व्यापार गर्नुहुन्छ भने, यो समयमा तपाईंले ठूलो सम्झौता गर्न सक्नुहुन्छ। व्यापार व्यवसायलाई अगाडि बढाउने योजना फलदायी हुने देखिन्छ। परिवारका सदस्यको उपलब्धिले घरमा खुशीको वातावरण रहनेछ। यस अवधिमा तपाईंले विशेष उत्सव वा कार्यक्रममा भाग लिने अवसर प्राप्त गर्नुहुनेछ। समाजसेवामा संलग्न व्यक्तिको मान सम्मान बढ्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
हनुमानजीको पूजा गर्दा दैनिक सात पटक हनुमान चालिसाको पाठ गर्नुभयो भने अप्ठ्यारा हटेर सहजता मिल्नेछ ।
धनु
धनु राशि हुनेहरूका लागि यो साता व्यस्ततापूर्ण रहनेछ । त्यसैले समय व्यवस्थापनमा सकस पर्नेछ । यदि उचित ढंगले समय व्यवस्थापन गर्न सकेको खण्डमा सोचेभन्दा बढी सफलता र नाफा पाउन सकिन्छ । कार्यालयमा काम गर्ने व्यक्तिले महत्त्वपूर्ण जिम्मेवारी पाउने योग छ । यसले कार्यस्थलमा तपाईंको मान सम्मान बढ्नेछ । विदेशमा करियर वा व्यवसाय गर्न खोज्दै हुनुहुन्छ भने पनि बाधाहरु हट्नेछन् । साथीभाइको सहयोगमा नयाँ कार्य योजनामा सामेल हुने अवसर मिल्नेछ। साताको उत्तरार्धमा पेसा र व्यापारको सिलसिलामा लामो वा छोटो दूरीको यात्रा हुने सम्भव देखिन्छ । यात्रा सुखद् र सफल रहनेछ। महान ब्यक्तिसँग सम्पर्क हुनेछ । यस अवधिमा तपाईंलाई सवारी साधनको आनन्द पनि मिल्न सक्छ। यदि तपाईंको कुनै मुद्दा अदालतमा चलिरहेको छ भने, निर्णय तपाईंको पक्षमा आउन सक्छ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। प्रेमसाथीसँग गुणस्तरीय समय बिताउने अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
मकर
मकर राशिका लागि यो साता फलदायी रहनेछ। साताको सुरुवातमा आफन्तजनसँग रमाइलो पल बिताउने अवसर मिल्नेछ। यस अवधिमा प्रिय व्यक्तिको आगमनले घरमा खुशीको वातावरण छाउनेछ । व्यापार व्यावसायमा आबद्ध व्यक्तिले इच्छित लाभ प्राप्त गर्न सक्नेछन्। बजारमा आएको उछालबाट उनीहरूलाई धेरै फाइदा हुनेछ ।
युवाको अधिकांश समय रमाइलोमै बित्नेछ । यस समयमा, कसैसँगको मित्रता प्रेम सम्बन्धमा परिणत हुन सक्छ। यदि तपाईं कसैको अगाडि आफ्नो प्रेम व्यक्त गर्ने सोच्दै हुनुहुन्छ भने यो साता तपाईंका लागि उपयुक्त समय हुनेछ । लामो समयदेखि रोजगारीको खोजीमा भौंतारिरहेकाहरूले यो साताको अन्त्यमा केही शुभ समाचार पाउन सक्छन् तर कुनै पनि अवसर नगुमाउनुहोला, नत्र पछि पछुताउनु पर्नेछ । जागिरे व्यक्तिहरूमा कामको बोझ बढ्न सक्छ। यद्यपि, तपार्इंका वरिष्ठ र कनिष्ठहरूको सहयोगमा तपाईं यसाई किनारा लगाउन सफल हुनुहुनेछ । यस अवधिमा काम गर्ने महिलाहरूले घर र कार्यस्थलबीच सन्तुलन कायम गर्न केही कठिनाइहरू सामना गर्न सक्छन्। स्वास्थ्य सामान्य रहनेछ।
कुम्भ
कुम्भ राशिका व्यक्तिहरूका लागि यो साता कहिले उत्साहजनक र त कहिले नीरस रहनेछ । साताको सुरुवात निकै व्यस्ततापूर्ण रहन सक्छ । यस समयमा काम गर्नेहरूको टाउकोमा कामको अतिरिक्त बोझ आउन सक्छ, जसको लागि उनीहरूलाई अतिरिक्त समय र कडा परिश्रमको आवश्यकता पर्नेछ। घरका वृद्ध सदस्यको स्वास्थ्य पनि तपाईंको चिन्ताको प्रमुख कारण हुनेछ। यद्यपि, यी सबै समस्याहरूको बीचमा तपाईंले आफ्नो स्वास्थ्य र सम्बन्धको विशेष ख्याल राख्नु पर्छ। यस समयमा तपाईंले दिनचर्या परिवर्तन वा मौसमी रोगको कारणले शारीरिक पीडा भोग्न सक्नुहुन्छ। पुरानो रोग पुनः देखापर्दा अस्पताल जानु पर्ने हुन सक्छ। यी सबै बाधा अवरोधका बाबजुद पनि साताको उत्तरार्धमा धन आर्जनका साधनमा वृद्धि हुनेछ । यद्यपि, तुलनात्मक रूपमा खर्चको मात्रा बढ्नेछ। यस अवधिमा परिवार र साथीभाइको सहयोग प्राप्त हुनेछ। परीक्षा, प्रतियोगिताको तयारीमा लागेका विद्यार्थीले अपेक्षित सफलता पाउनको लागि थप मिहिनेत गर्नुपर्नेछ । दाम्पत्य जीवनमा कुनै कुरालाई लिएर जीवनसाथीसँग मतभिन्नता हुन सक्छ।
मीन
मीन राशिका व्यक्तिहरूले यो साताको सुरुमा काममा बढी दौडधुप गर्नु पर्ने देखिन्छ। मिहिनेतको तुलनामा कम सफलता मिल्ने हुँदा मन अलिकति विचलित हुनसक्छ । जागिरे व्यक्तिहरूले अतिरिक्त कामको बोझको सामना गर्न सक्छ। बजारमा अड्किएको पैसा फिर्ता लिन व्यवसायसँग सम्बन्धित व्यक्तिले झनै संघर्ष गर्नुपर्ने हुनसक्छ । साताको सुरुवात प्रतिकूल रहे पनि मध्यतिर अलिकति राहत मिल्नेछ । यस अवधिमा करियर र व्यापारको सन्दर्भमा गरिएको यात्रा सफल साबित हुनेछ। जग्गा तथा भवन खरिदबिक्रीको मनोकामना पूरा हुनेछ र यसबाट अपेक्षित लाभ प्राप्त हुनेछ। यस अवधिमा युवाको अधिकांश समय परिवार र आफन्तजनसँग बित्नेछ । भाग्यको सहयोगले धन सम्पतिमा वृद्धि हुनेछ । सानातिना समस्या भए पनि व्यवसायीले व्यवसायमा मनग्य नाफा कमाउन सक्नेछन् । रोजगारीका लागि थप आयस्रोत हुनेछ । प्रेम सम्बन्ध बलियो हुनेछ। प्रेमसाथीसँग गुणस्तरीय समय बित्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
प्रतिक्रिया