भावकु हुँदै सांसद श्रेष्ठले स्पष्टिकरण बुझाएर भने – ‘षड्यन्त्र भो’
काठमाडौं । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई स्पष्टिकरण दिँदै आरोप इन्कार गरेका छन् ।
पार्टीले सोधेको २४ घण्टे स्पष्टिकरण दिदै सांसद श्रेष्ठले व्यवसायी प्रसाईसँग आफ्नो कुनै संवाद नभएको जिकिर गरेका हुन् ।
सार्वजनिक भएको अडियो आफ्नो नभएको भन्दै उनले यसलाई षड्यन्त्र भनेका छन् ।
‘मेरो नाम जोडिएर सार्वजनिक भएको षड्यन्त्रले मलाई मर्माहत बनाएको छ । स्पष्टिकरण पत्रलाई उदृत गर्दै छानविन समितिका एक सदस्यले भने -‘पत्र आएको छ । पत्रका आधारमा छानविन रिर्पोट केन्द्रीय समितिलाई बुझाउँछौँ ।’
सांसद डा श्रेष्ठले आफ्नो राजनीतिक जीवनमा क्षति पुर्याउन पार्टीभित्रकै मान्छेहरुबाट षड्यन्त्रको आशंका गर्दै पत्रमा भनेका छन्, ‘अडियोको आधिकारिता जाँचका लागि अनुरोध गर्दछु । मेरो नाम जोडिएर अडियो सार्वजनिक भएपश्चात म आफैँ आश्चर्यचकित भएँ र मर्माहत छु । म माथि भएको षड्यन्त्रविरुद्ध निर्णय गरेर पार्टीले न्याय दिन्छ भन्नेमा पूर्ण विस्वस्त छु ।’
अब सांसद श्रेष्ठको स्पष्टिकरणका आधारमा अनुशासन समितिले दुई दिनभित्र छानबिन रिर्पोट दिनेछ ।
रास्वपा सांसद श्रेष्ठ र प्रसाईंबीचको घुस लेनदेनको अडियोमा के छ ?
हाँस्दै चित्रबहादुर केसी भन्छन् – सांसदले घुस खानु नौलो होईन
दुर्गा प्रसाई भन्छन् – रास्वपाकै थप तीन जनाको अडियो सार्वजनिक गर्छु
दुई करोड घुस मागेपछि रास्वपाका सांसद श्रेष्ठ पार्टीबाट निलम्बित
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया