NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

नियोगमा कर्मचारीको राइँदाइँ : पानी, विद्युत् र सञ्चार महसुलकै बिल १५ करोड, उपचार र बिमामा २२ करोड

काठमाडौं । नियोगहरूले त्यहाँ कार्यरत कर्मचारीलाई वैदेशिक, पारिवारिक, लुगा, शैक्षिक, निजी कामदारको दैनिक तथा भ्रमण, सेटलमेन्ट भत्ता तथा आवास, औषधि उपचार, निजी मालसामान तथा सवारीसाधनको ढुवानी र अन्य सुविधा दिन्छ । यो सुविधाका नाममा कर्मचारीले राइँदाइँ मच्चाउने गरेको महालेखाको प्रतिवेदनले देखाएको छ ।

नेपाली राजदूतावास लन्डन, वासिङ्टन, कोपनहेगनलगायतका नियोगले कार्यालय र कर्मचारी आवासमा प्रयोग हुने पानी तथा विद्युत् महसुलबापत एकै वर्ष नौ करोड ५५ लाख र सञ्चार महसुलबापत पाँच करोड ५४ लाख खर्च गरेका छन् । त्यस्तै, स्वास्थ्य बिमा तथा उपचारमा २२ करोड १९ लाख खर्च लेखेका छन् । यस्तो खर्चमा मितव्ययी हुन र स्पष्ट मापदण्ड बनाई लागू गर्न महालेखाले भनेको छ । नियोगहरूको घरभाडामा गत वर्ष मात्र ८४ करोड सात लाख खर्च भएको छ ।