NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

लुम्बिनी बौद्ध विश्वविद्यालयले माग्यो उपप्राध्यापक र सहायक प्राध्यापक

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले ३ उपप्राध्यापक र सहायक प्राध्यापक माग गरेको छ ।

विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी करार सेवामा कानून र ट्राभल एण्ड टुरिजम विषयका उपप्राध्यापक र भोट बुद्धिजम विषयको सहायक प्राध्यापक माग गरेको हो ।

सम्बन्धित विषयमा कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेकाले दरखास्त दिन सक्ने विश्वविद्यालयको सूचनामा उल्लेख छ ।