NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

अनुदानमा रासायनिक मल उपलब्ध गराउन ३० अर्ब विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. रामशरण महतले ३० अर्ब विनियोजन गरिएको जानकारी दिए । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो ।

मन्त्री महतका अनुसार, अनुदानको मल वितरणलाई पनि व्यवस्थित बनाइने छ ।