NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

कृषि क्षेत्रमा ३ अर्ब ९ करोड बजेट वृद्धि

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकासका लागि अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब ९ करोड बढी बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रमा हालसम्मकै धेरै बजेट छुट्याएका हुन् । कृषि तथा पशुपन्छी विकासका लागि आगामी बजेटमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।