दिवा खाजामा जंकफुड दिन नपाइने

काठमाडौं । दिवा खाजामा आगामी आर्थिक वर्षदेखि जंकफुड दिन नपाइने भएको छ ।
संघीय संसदमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दिवा खाजामा जंकफुड दिन नपाइने व्यवस्था गरिएको जानकारी दिए ।
डा. महतका अनुसार, जंक फुडको ठाउँमा स्थानीय तथा रैथाने उपजबाट तयार आहार उपलब्ध गराइने छ ।
विगत केही वर्षदेखि यो कार्यक्रम सञ्चालनमा रहेकोमा सरकारले त्यसलाई निरन्तरता दिँदै ८ अर्ब ४५ करोड विनियोजन गरेको छ ।
प्रतिक्रिया