अब विदेशबाट नेपाल आउने यात्रुले खोप कार्ड र पीसीआर रिपोर्ट बोक्न नपर्ने

काठमाडौं । अब नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा हवाई यात्रा गर्दा कोरोना भाइरसको खोप लगाएको प्रमाणपत्र अनिवार्य नहुने भएको छ । योसँगै पीसीआर नेगेटिभ रिपोर्ट बोक्नुपर्ने प्रावधान पनि हटाइएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो निर्णय कार्यान्वयन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो ।
अब विदेशबाट नेपाल आउँदा यी दुवै प्रावधान लागू हुने छैनन् । तर नेपालबाट विदेश जाने यात्रुले भने आफू जान लागेको मुलुकले तोके अनुसारको प्रोटोकोल अपनाउनुपर्ने हुन्छ ।
गत ३१ बैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले हवाई यात्रुका लागि ७१ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र खोप कार्डको नियम हटाउने निर्णय गरेको थियो ।
मन्त्रालयको निर्देशनसँगै प्राधिकरणले नयाँ नियम लागू गरिसकेको छ ।
प्रतिक्रिया