NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

डेढ महिनापछि नम्रताले सार्वजनिक गरिन् सारुकको निधन लगत्तै लेखेको पोष्ट, के भनिन् ?

काठमाडौं । कलाकार सारुक ताम्राकार आत्महत्या प्रकरणमा नायिका नम्रता श्रेष्ठले सार्वजनिक टिप्पणी गरेकी छन् । असार २१ गते रातोपुलस्थित आफ्नै घरमा सारुकले आत्महत्या गरेपछि नम्रतालाई विवादमा तानिएको थियो ।

सारुक र नम्रताबीच प्रेम सम्बन्ध रहेको र उनीहरुबीच झगडा भएपछि सारुकले आत्महत्या गरेको जस्ता आरोप लागेका थिए । सारुकको मृत्यु पश्चात नम्रताले उनलाई तन्त्रमन्त्रमा लगाएको भन्ने खालका समाचारहरु पनि सार्वजनिक भएका थिए ।

यस विषयमा पनि नम्रताले मुख खोलेकी छन् । उनले सामाजिक सञ्जालमा अहिलेको एक्काइसौँ शताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युक्ति संगत हुन्छ होला ? भन्दै प्रश्न गरेकी छन् ।

उनले अगाडी लेखेकी छन्, ‘यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो । सबैलाई धर्म मान्ने स्वतन्त्रता छ । सबैले मनन गरौं, पुजा गर्ने गुरुको कुरा छ, जुन चर्चाको नाम थियो । उहाँलाईसमेत प्रहरी प्रशासनले पहिले नै बयान लिइसकेको छ ।’

पहिल्यै लेखेको स्टाटस आज पोष्ट

नम्रताले सारुकको निधन पश्चात दिन लागेको सार्वजनिक अभिव्यक्ती आज पोष्ट गरेको जनाएकी छन् । जसमा सारुकका बुबा कलाकार सानु ताम्राकारलाई स्वास्थ्य लाभको कामना गरिएको छ । उनको पनि केहि दिनअघि निधन भइसकेको छ ।

त्यति बेला लेखेको स्टाटस अहिले किन पोष्ट गरिन त ? उनकै शब्दमा, ‘मैले यो लेखेर पहीले नै पोष्ट गर्न तयार गरेको थिए किनकी सच्चाई बाहिर थाहा होस भनेर । तर मेरो परीवारको सुझावअनुसार प्रहरीअनुसन्धान मा बाधा पुग्ने भएकोले गरीन । त्यही कुरालाई अहीले जस्ताको त्यस्तै पोष्ट गरेको छु ।’

आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको गुनासो

नम्रताले आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको गुनासो पनि गरेकी छन् ।

उनले यो घटनालाई लिएरु एकतर्फीरूपमा विभिन्न मिडियामार्फत समाचार लेख्न लगाइएको बताएकी छन् । उनले केही चलचित्रकर्मी र चलचित्रका पदाधिकारी नै पूर्वाग्रही ढंगले आफूविरुद्ध लागेको उल्लेख गरेकी छन् ।

‘मेरो परिवार र हाम्रो कानूनी टीमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं, एकजना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला, सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनतालाई कमजोरी नठान्न अपील गर्दछु,’ उनले लेखेकी छन् ।

सारुकको निधनमा दुःख व्यक्त

उनले सारुकको निधनमा दुःख व्यक्त गरेकी छन् ।

‘चलचित्र ‘ह्यासट्याग मायाको’ छायङकनको क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगतलाई दुखी तुल्याएको छ । सर्वप्रथम स्वर्गीय कलाकार सारूकको निधन प्रती हार्दिक श्रद्धाञ्जली तथा शोकशनतप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु,’ उनले लेखेकी छन्, ‘स्वर्गीय सारुक एक सम्भावना बोकेका कलाकार थिए । ऊनी सहयोगी भावना भएका मिलनसार व्यक्ति थिए । यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ । यस दुखद घडिमा मृतआत्माको चिर शान्तिको कामना गर्दछु । यो घटना केहीदिन पहिले घटेको हो, तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भए ।’

देश छाड्न लागेको हल्ला

उनले सारुकको निधनपछि आफुलाई देश छाडेर जान लागेको हल्ला फिजाइएको पनि भनेकी छन् ।

उनले त्यस विषयमा लेखेकी छन्, ‘घटनापछि घर अनी हस्पिटल तिर नै रहें । तर कपोकल्पित तवरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरु फिँजाइयो । जबकी भारत भन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ । प्रहरी प्रशासनलाई बयान दिन जाँदा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरुले भन्नु भयो, तपाई त विदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर । तर कतै भिजिट गरेको देखिन्नत भनेर ’सरप्राइज’ हुनुभयो ।’