NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

धौलीगंगा बाँध खोलिँदै‚ सावधान रहन प्रशासनको आग्रह

बैतडी । भारतको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध सोमबार खोलिने भएपछि बैतडी प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ ।

परियोजनाको बाँधसोमबार बिहान ८ बजेदेखि मंगलबार बेलुकी ८ बजेसम्म खोल्ने जनाएको छ । त्यसपछि केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

बाँध खोलेका बेला महाकालीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिएपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले आसपासका बासिन्दालाई महाकाली वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउ नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष