NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

रिजालको निधन भाइरल निमोनियाबाट: ग्राण्डी अस्पताल

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको दुवै फोक्सोमा सिभियर निमोनियाका कारण निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले जारी गरेको विज्ञप्तीमा रिजालको मृत्यु भाइरल निमोनियाका कारण भएको उल्लेख छ ।

नेपाली कांग्रेसको काठमाडौं ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाल भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएका थिए ।

यसअघि रिजालको निधन डेंगु संक्रमणबाट भएको भनिएपनि अस्पतालले भने सिभियर निमोनियाका कारण भएको अस्पतालले भनेको हो ।

धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान साढे ७ बजे निधन भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष