मलंगवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

काठमाडौं । सर्लाहीमा कर्फ्यु हटाएइएको छ । यद्यपी कर्फ्यु हटाएइएको भएपनि निषेधाज्ञा भने जारी गरिएको छ ।
शनिवार साँझ ५ बजेबाट लगाइएको कर्फ्यु बिहान ८ बजेबाट हटेको हो । जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष इन्द्रदेव यादवले विज्ञप्ति जारी गर्दै बिहान ८ बजेदेखि कर्फ्यु आदेश हटाएर २७ गतेसम्म निषेधाज्ञा जारी गरिएको बताए ।
मलंगवा नगर क्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट भित्र निषेधाज्ञा जारी गरिएको हो ।
निषेधित क्षेत्रमा कुनै पनि प्रकारको भेला हुन नपाइने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोस्टर पर्चा जस्ता सामग्री टाँस्न नपाइने आदेशमा उल्लेख छ ।
त्यस क्षेत्रमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शनिबार कर्फ्यु जारी गरेको थियो । तर शान्ति सुरक्षाको अवस्था सामान्य रहेकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) ९१० ९३० बमोजिम जारी कर्फ्यु आदेश हटाइएको प्रजिअ यादवले जानकारी दिए ।
मलगंवामा शुक्रबार कृष्णको मूर्ति सेलाएर फर्कने क्रममा दुई समुदायबीच झडप भएको थियो । त्यसक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर गरेको थियो ।
शनिबार पनि बिहानैदेखि मलंगवामा प्रदर्शन र ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले सर्वपक्षीय भेला बोलाएर सद्भाव कायम राख्न अपिल गरेको थियो ।
प्रतिक्रिया