NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, केको कति पुग्यो ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरिएको छ । नेपाल आयल निगमको भदौ २९ को निर्णयअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो ।

निगमले स्वचालित मूल्य प्रणालीअनुसार भदौ ३० गतेबाट लागू हुनेगरी नयाँ मूल्य कायम गरेको जनाएको छ ।

पेट्रोल र डिजेलको मूल्य क्रमशः १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि गरिएको छ ।

योसँगै काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ पर्नेछ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ आसपासका क्षेत्रमा भने १८२ रुपैयाँ हुने निगमले जनाएको छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने चलाइएको छैन ।