नागरिकता नियमावली स्वीकृत, एनआरएनले नेपाली नागरिकता पाउने

काठमाडौं । शुक्रबारको मन्त्रिपरिषद्को बैठकले नागरिकता नियमावली(तेस्रो संशोधन) २०८० स्वीकृत गरेको छ । यससँगै गैरआवासिय नेपाली नागरिकलाई नेपाली नागरिकता लिने बाटो खुलेको छ ।
२०७२ सालकै संविधामा यससम्बन्धि व्यवस्था भए पनि ऐन र नियमावली संशोधन नहुँदा एनआरएनले नागरिकता पाएका थिएनन् । राजनीतिक अधिकार बाहेकको नागरिकता एनआरएनलाई दिन लागिएको हो ।
त्यस्तै, नियमावली स्वीकृत भएसँगै आमाको नाममा नागरिकता बनाउन पनि अब सहज हुने भएको छ । नागरिकता ऐन संशोधन भएको तीन महिनापछि गृह मन्त्रालयको प्रस्तावमा नियमावली संशोधन भएको हो ।
प्रतिक्रिया