NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

सशस्त्र प्रहरीका तीन एआइजीको जिम्मेवारी हेरफेर

काठमाडौैं । सरकारले सशस्त्र प्रहरी बलका तीन अतिरिक्त महानिरीक्षक(एआइजी)को सरुवा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो ।

प्रशासन विभागमा कार्यरत नारायणदत्त पौडेलको सीमा सुरक्षा विभागमा सरुवा भएको छ । सीमा सुरक्षा विभागमा कार्यरत वंशी दाहालको कार्य विभागमा सरुवा भएको छ । कार्य विभागमा कार्यरत चन्द्रप्रकाश गौतमको प्रशासन विभागमा सरुवा गरिएको छ । एक वर्ष अवधि पुगेकाले सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।