तिनकुने सामूहिक हत्याकाण्डः आज पक्राउ परेका भण्डारीले हत्या गरेको स्वीकारे, प्रहरीले सार्वजनिक गर्दै

काठमाडौँ । काठमाडौंको तिनकुनेस्थित सामूहिक हत्या काण्ड सञ्चय भण्डारीले आफुले गरेको स्विकार गरेका छन् ।
प्रहरीले उनलाई सार्वजनिक गर्दैछ । उनि आज मात्रै पक्राउ परेका थिए । उनको घर सिन्धुपाल्चोक भएको प्रहरीले बताएको छ ।
भण्डारीलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको थियो । हत्यापछि आरोपी युवक भण्डारी खुकुरीसहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेजमा देखिएको थियो ।
ती युवक दौडदै पेप्सीकोला पुगेको सीसीटीभी फुटेजमा देखिएपछि खोजी गर्दा आइतबार विहान पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
बोल्न नसक्ने ती युवकले दोभासेमार्फत प्रहरीमा दिएको बयानमा आफ्नो रिसइबी नवीन राईसँग रहेको बताएका छन् । उनले घटनाको रहस्य खुल्ने डरले अरुको पनि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उनकि पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीय सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राईको हत्या भएको थियो ।
घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।
प्रतिक्रिया