सशस्त्र प्रहरी र एसएसबी समन्वय बैठक सोमबारदेखि

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठक आगामी सोमबारदेखि सुरु हुने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा २० देखि २२ कात्तिकमा सातौं समन्वय बैठक हुन लागेको छ ।
बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल नेतृत्वको टोलीले नेतृत्व गर्नेछ । भारतमा एसएसबी महानिर्देशक रश्मी शुक्लाको नेतृत्वमा बैठक हुन लागेको हो । सीमापार अपराध नियन्त्रण लगायतका एजेन्डामा छलफल केन्द्रीत हुने गृह मन्त्रालयले जनाएको छ ।
गत वर्ष यस्तो बैठक काठमाडौंमा भएको थियो । यस्तो बैठकले सीमा सुरक्षामा खटिएका दुई देशका सुरक्षा निकायबीचको सम्बन्ध पनि प्रगाढ हुने गर्दछ।
प्रतिक्रिया