NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

गृह मन्त्रालयद्वारा ११ जिल्लाका सिडिओ  हेरफेर 

काठमाडौं । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।  मन्त्रालयले ४० उपसचिवको जिम्मेवारी हेरफेर गर्दै सिडिओको पनि सरुवा गरेको हो ।

रसुवा, बझाङ, दैलेख, मुगु, कालिकोट, हुम्ला, मनाङ, ताप्लेजुङ, म्यादी, सोलुखुम्बु र डोल्पाका सिडिओ फेरिएका हुन् । रसुवामा वेदनिधि खनाल, विश्वमित्र कुईकेललाई बझाङ, खिमराज भुषाललाई दैलेख, टोपेन्द्र बहादुर केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट, विनोद पोखरेललाई हुम्लाको सिडिओमा सरुवा गरिएको छ ।

म्याग्दीमा कृष्ण प्रसाद शर्मा,मनाङको सिडिओमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल,सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसी प्रसाद दाहालको सरुवा भएको गृह मन्त्रलायले जनाएको छ ।