श्रीमती र छोराको नाममा ऋण दिएर व्यवस्थापकद्वारा ३३ करोड हिनामिना

काठमाडौं । सहकारी संस्थाको ३३ करोड रुपैयाँ भन्दा धेरै हिनामिनाको आरोपमा व्यवस्थापक र लेखा समितिका संयोजक पक्राउ परेका छन् । ललितपुरको गाबहालमा रहेको नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटीका व्यवस्थापनक दिनेश कुमार पन्त र लेखा समिति संयोजक रबिन्द्र कुमार नेम्कुल पक्राउ परेका हुन् ।
उनीहरुले आफन्तको नाममा नियमविपरीत कर्जा प्रवाह गरी संस्थालाई धरासायी बनाएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले सो सहकारीमा भएको हिनामिनाको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । ३३ करोड २२ लाख ५८ हजार दुई सय ८३ रुपैयाँ बिगो कायम गरी ठगी मुद्दा चलाउनुपर्नुे रायसहितको प्रतिवेदन बुझाइएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
व्यवस्थापक पन्तले श्रीमती एकता पन्त, छोरा दिवस पन्त, भाई उत्तम पन्तलाई बिना धितो कर्जा प्रवाह गरेका थिए । त्यस्तै लेखा समितिकै संयोजक रहेका नेम्कुलका साथै कृष्ण खत्री र रुपा घिमिरेको नाममा पनि कर्जा प्रवाह भएको थियो । रुपा घिमिरे तथा गोपाल रन पहेली र अनुप राजथलालाई एउटै जग्गा धितो राखी कर्जा दिएका थिए । कर्जा नै नतिरी घिमिरेको नाममा रहेको जग्गा फुकुवा गरेको समेत सिआइबीले जनाएको छ । यस्तो ठगीमा संस्थाका तत्कालिन कार्यकारी अध्यक्ष स्वर्गिय राजेश हरि जोशीको पनि मिलेमतो देखिएको सिआइबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
व्यवस्थापक पन्तले आफैं पनि गैरकानुनी रुपमा सहकारीको कर्जा लिएर तिरेका थिएनन् । प्रहरीले उनका परिवारलाई समेत छानबिनको दायरामा तानेको छ । नतिर्ने उदेश्यले नै उनले नियम मिचेर कर्जा प्रवाह गरेको सिआइबीको निष्कर्ष छ ।
ताजा अपडेट
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
-
पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य
-
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेट
-
रेबिज खोपमा बर्सेनि करोडौं बाहिरिँदै, १५ करोडको पूर्वाधार बेवारिस
प्रतिक्रिया