विराटनगर महानगरका पूर्वउपमेयर र प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं । विराटनगर महानगरपालिकाका तत्कालीन उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगायत नौ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । पार्क निर्माणमा १० लाख ५५ हजार भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
कार्की र अधिकारीसहित सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान, सव–इन्जिनियर मो. इफतेखार आलम तथा विराटनगर महानगरपालिका वडा नं. १५ का तत्कालीन वडा अध्यक्ष असलम आलमले पनि सफाई पाएका छन् ।
पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेले पनि सफाइ पाएका छन् ।
पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समितिबाट बास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी नभए नगरेको कार्यसमेत नापी किताबमा चढाई उपभोक्ता समितिसँगको सम्झौता अनुसारका निर्धारित सर्त तथा मापदण्ड विपरीत ज्यामीद्वारा गर्नुपर्ने माटो फिलिङ्गको कार्य रोलर मेसिनद्वारा गराइएको थियो । उक्त कार्यलाई ज्यामीद्वारा गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले कार्य सम्पन्न प्रतिवेदन तयार गरी महानगरपालिकामा पेश गरेको, झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी सो कागजातहरु स्वीकृत गरी भुक्तानीसमेत दिई भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो । १० लाख ५५ हजार ९ सय ७९ बिगो कायम गरी मुद्दा दायर भएको थियो ।
अख्तियारले २४ असार २०७९ मा मुद्दा दायर गरेको थियो । बिशेष अदालतका न्यायाधीशद्धय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलाशले प्रमाण नपुगेको भन्दै सफाई दिएको हो ।
ताजा अपडेट
-
सुनुवाइ सकिएको साढे ५ घण्टासम्म किन आएन रविको आदेश ?
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
प्रतिक्रिया