NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

नयाँ बसपार्कमा किशोरी ‘सप्लाई’ गर्ने व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा किशोरीहरुलाई गेष्ट हाउसमा राखी वेश्यावृत्तिमा लगाउने व्यक्ति पक्राउ परेका छन् । नुवाकोट तादी घर भएका २४ वर्षिय सुमन तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

उनले ग्राहकको रोजाईअनुसार १८ वर्ष भन्दा कम उमेरका बालिकाहरुलाई गेष्ट हाउसमा बन्धक बनाएर राखी ग्राहकलाई सप्लाई गर्दै आएका थिए । गेष्ट हाउसमा बालिकाहरुलाई लहरै राखी ग्राहकलाई रोज्न लगाउने गरेका थिए । एक जना ग्राहकवापत पाँच देखि सात हजार लिने गरेको प्रहरीले जनाएको छ । त्यस्ता बालिकाहरुको उद्धार गरिएको ब्यूरोका एसपी कृष्ण पंगेनीले बताए ।