NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

‘महिला काण्ड’मा डिएसपीमाथि कारबाही

काठमाडौं । महिला प्रहरीलाई दुव्र्यवहार गर्ने नेपाल प्रहरीका डिएसपी भिमलाल भट्टराईलाई गृह मन्त्रालयले कारबाही गरेको छ । उनको पाँच ग्रेड रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय, हुम्लाको प्रमुख हुँदा उनले मदिरामा मात्तिएर महिला प्रहरीलाई दुव्र्यवहार गरेका थिए । त्यतीबेला नै उनी निलम्बनमा परेका थिए ।
छानविनको क्रममा उनी दोषी देखिएपछि पाँच ग्रेड रोक्का गरिएको गृह मन्त्रालयले जनाएको छ ।
अत्याधिक मदिरा पिउने भट्टराई जून कार्यालयमा पनि यस्तै विवादमा पर्दै आएका छन् । यसअघि इलाका प्रहरी कार्यालय, बुटवलमा हुँदा कार्यालयमै मदिरामा मात्तिएर शान्ति सुरक्षाको काममा मतलब नगरेपछि उनी कारबाहीमा परेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष