NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

जनता समाजवादी सरकारमा जाने तयारीमा

काठमाडौं । सोमबार मात्र निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । सो पार्टीका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग यसबारे छलफल थालेका छन् ।
केन्द्रीय सदस्य वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए हुने नियमावलीअनुसार नयाँ दल दर्ताको निवेदन प्राप्त भएको जनाउँदै आयोगले अशोक राई नेतृत्वको नेतृत्वमा सो पार्टी दर्ता भएको हो । सोमबार बसेको आयोगको बैठकले जसपालाई नयाँ दलको मान्यता दिने निर्णय गरेको हो।
आइतबार जसपाका कार्यबाहक अध्यक्ष एवं सांसद अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले मूल पार्टीबाट अलग भएको जनाउँदै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादब वर्तमान सरकार गिराएर कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने खेलमा लागेपछि पार्टी फुटेको हो । स्वास्थ्यमन्त्री समेत रहेका यादब विदेश भ्रमणमा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष