NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई एआइजीको बढुवा र केहीको सरुवा गरेको छ । उमेशराज जोशी र भिम ढकालको एआइजीमा बढुवा गरेको हो ।

ढकाललाई मानव स्रोत विभाग विभाग र जोशीको प्रदेश समन्वय विभागमा पदस्थापन भएको छ । प्रदेश समन्वयका सुदीप गिरीको प्रहरी एकेडेमी तथा मानव स्रोतका टेकप्रसाद राईको प्रशासन विभागमा सरुवा भएको छ। त्यस्तै, खेलाडीलाई पुरस्कार दिनेदेखि समाज कल्याण परिषद्समा नियुक्तिका निर्णय सरकारले गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू–
१. प्रहरी नायवमहानिरीक्षकहरु श्री उमेशराज जोशी र श्री भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।
२. अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने ।
३. समाज कल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा श्री नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने ।
४. भाषा आयोगको रिक्त सदस्य पदमा श्री सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।