बालबालिकालाई बचत गर्न कसरी सिकाउने ?
बालबालिकालाई बचत सिकाउँदाका फाइदै फाइदा

पहिले गाउँघरमा प्रचलनमा रहेको ‘पेवा’ बचतसरह मानिन्थ्यो । विशेषगरी छोरीका लागि बाबुआमाले कुखुरा, बाख्रा पालिदिने र त्यसको बिक्रीबापत प्राप्त रकम बचत गरिदिने गरिन्थ्यो ।
बढ्दो सहरीकरणका कारण पशुपन्छीपालन अहिले क्रमशः घट्दै गएको छ । अर्को मानिसको बसाइँ पनि सहरकेन्द्रित भएको छ । यसले हाम्रो बचत संस्कृतिमा ल्याएको छ । केटाकेटीका पैसा खुत्रुेका जम्मा गरिदिने र त्यसलाई मासिक वा वार्षिक रूपमा बैंक वा सहकारीमा खाता खोलेर जम्मा गर्ने जम्मा गरिदिने चलन सुरु भएको छ ।
प्रविधिको विकास र वित्तीय साक्षरताका कारण छोराछोरीको बचत रकम सेयरमा लगानी गर्ने चलन पनि बढ्न थालेको छ । धेरैजसो अभिभावकले आफ्नो बच्चालाई थाहै नदिई बचत गरिदिएको पाइन्छ । बचत गरिदिएको कुरा भनिदिनु नै राम्रो हुन्छ । यसले बालबालिकामा आफ्ना अभिभावकले दिएको महत्त्वबोध गराउनुका अतिरिक्त खुसीसमेत दिन्छ । योभन्दा पनि महत्त्वपूर्ण कुरा यसले बालबालिकामा फजुल खर्च नगरी बचत गर्ने कल्चर विकास गर्छ । अभिभावकले मेरो भविष्यका लागि बचत गर्नुहुन्छ भने मैले पनि दशैं या कुनै पनि चाडपर्वलगायतमा मायास्वरूप पाएको रकम खर्च नगरी बचत गर्नुपर्छ भन्ने भावना बालबालिकामा जागृत हुन्छ ।
अभिभावकले पनि बालबालिकालाई बचतको कार्यक्रममा सामेल गराउने, बचतका फाइदा बेफाइदाबारे सिकाएर प्रोत्साहित गर्ने हो भने उनीहरू बचतका लागि उत्साहित हुन्छन् ।
अभिभावकले पनि बालबालिकालाई बचतको कार्यक्रममा सामेल गराउने, बचतका फाइदा बेफाइदाबारे सिकाएर प्रोत्साहित गर्ने हो भने उनीहरू बचतका लागि उत्साहित हुन्छन् ।
बचत गरेको पैसा यत्तिकै थुपारेर राख्दा त्यसले कुनै प्रतिफल दिँदैन । बरु अनावश्यक रूपमा क्षय भएर जाने खतरा हुन्छ । बचतको पैसा घरमा त्यत्तिकै थुपारेर राख्दा चोरी हुन सक्छ । कहिलेकाहीँ रकम अत्यावश्यक हुँदा त्यसैलाई झिकेर खर्च गर्नुपर्ने बाध्यता आइलाग्छ । त्यसैले बचत गरेर मात्रै पुग्दैन । यसलाई सही ठाउँमा लगानी गर्न पनि जान्नुपर्छ । लगानी गर्दा प्रतिफल बढ्दै जान्छ । लगानी बैंक तथा वित्तीय संस्थामा खाता खोलेर गर्न सकिन्छ । बैंकमा आफ्नो पैसा कति छ, त्यही आधारमा मुद्धतीमा हाल्न सकिन्छ । यसबाट राम्रो ब्याज प्राप्त हुने भएकाले आम्दानी बढ्दै जान्छ । बैंकहरुले बच्चाहरूकै लागि भनेर विभिन्न बालबचत योजना ल्याइरहेका हुन्छन् । ती बालबचत योजनाहरू बुझेर लगानी गर्न सकिन्छ ।
यसबाहेक सेयर खाता खोलिदिएर बचत र लगानी दुवै गरिदिन सकिन्छ । आज खर्च नियन्त्रण गर्न सकियो भने भोलिको भविष्य उज्ज्वल हुनेछ ।
बालबालिकालाई बचत सिकाउँदाका फाइदै फाइदा छन् । विश्वव्यापी मान्यता छ कि १३ वर्षसम्म सिकेका कुरामध्ये ८० प्रतिशत जीवनभर बिर्सन सकिँदैन । त्यसैले हामीले १३ वर्षसम्म बालबालिकालाई के कुरा सिकाउँछौं, त्यसले ठूलो महत्त्व राख्छ ।
अहिले देशको अर्थतन्त्र शिथिलप्रायः छ । व्यापार–व्यवसायमा मन्दी छ । महंगीदर उकालो लाग्दा तलब बढ्न सकेको छैन । यस्तोमा बचत गर्न नसकेको गुनासो धेरैले गर्छन् । तर बचत गर्नै नसकिने भन्ने हुँदैन । आफ्नो आम्दानीअनुसार सधैंभरि बचत गर्न सकिन्छ । धनी मान्छेको तुलना गरेर कहिल्यै बचत गर्न हुँदैन । नेपालीमा घाँटी हेरेर हाँड निल्नुपर्छ भन्छन् नि । हो बचत गर्दा पनि आफ्नो अवस्था के छ ख्याल गर्नुपर्छ ।
एकै पटक ठूलो बचतको आकांक्षा गरियो भने त्यो सफल हुन सक्दैन । महिनामा कति कमाउँछौं, त्यसको केही प्रतिशत बचतका लागि छुट्याउनु राम्रो हुन्छ । जागिरे व्यक्तिले आफ्नो तलबको ५ देखि १० प्रतिशत जम्मा गर्न राम्रो हुन्छ । ज्यालादारी गर्नुहुन्छ भने एक/दुई सय रूपैयाँ बचत गर्न सकिन्छ । कमाइ धेरै होस् या थोरै, बचत गर्ने सबैको तरिका यही हो ।
पैसालाई कसरी खर्च गर्ने, कसरी व्यवस्थित गर्ने लगायतको वित्तीय ज्ञान देशको तल्लो निकायदेखि माथिल्लो तहसम्मकोलाई आवश्यक छ
यसबाहेक जागिर खानेहरूले दशैंमा पेस्की पाउँछन्, त्यो पेस्कीलाई अन्य ठाउँमा खर्च गर्नुको सट्टा जीवन बीमा गर्न सकिन्छ । बीमा बचत र लगानीको माध्यम हो । यसमा धेरै फाइदा छ । निश्चित सयमावधिपछि बीमा कम्पनीबाट बोनससहितको रिर्टन प्राप्त गर्न सकिन्छ । बीचमा केही भइहाल्यो भने पनि बीमाबाट जोखिम बहन हुने भएकाले राहत पुग्छ ।
एकै पटक ठूलो बचतको आकांक्षा गरियो भने त्यो सफल हुन सक्दैन । महिनामा कति कमाउँछौं, त्यसको केही प्रतिशत बचतका लागि छुट्याउनु राम्रो हुन्छ
बालबालिकालाई बचत सिकाउँदाका फाइदै फाइदा छन् । विश्वव्यापी मान्यता छ कि १३ वर्षसम्म सिकेका कुरामध्ये ८० प्रतिशत जीवनभर बिर्सन सकिँदैन । त्यसैले हामीले १३ वर्षसम्म बालबालिकालाई के कुरा सिकाउँछौं, त्यसले ठूलो महत्त्व राख्छ ।
नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता मापदण्डमा किसान, गृहिणी, नियमित आम्दानी गर्ने वर्ग, वैदेशिक रोजगारीमा गएका युवाहरू पर्दछन् । ती लक्षित वर्गका प्रत्येक बालबालिकालाई बचत र खर्च गर्ने बानीसँगै लगानीबारे ज्ञान दिन सक्यौं भने सिंगो परीवारले नै एकै पटक वित्तीय शिक्षा प्राप्त गर्न सक्छन् । यसले एकातिर राष्ट्र बैंकको पोलिसी कार्यान्वयन त हुन्छ नै बालबालिकामा वित्तीय व्यवस्थापन गर्ने कौशलसमेत सिकाउँछ ।
वित्तीय साक्षरतालाई विश्वव्यापी रूपमै महत्त्वको विषय ठानिन्छ । किनभने, पैसा नै केन्द्रबिन्दु रहेछ । जन्मिएदेखि घाटमा नजाउञ्जेलसम्म क्रियाकलाप गर्न पैसाको जरुरत पर्छ । पैसालाई कसरी खर्च गर्ने, कसरी व्यवस्थित गर्ने लगायतको वित्तीय ज्ञान देशको तल्लो निकायदेखि माथिल्लो तहसम्मकोलाई आवश्यक छ ।
(बोहरा वित्तीय साक्षरता प्रशिक्षक हुन्)
प्रतिक्रिया