NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर १८ गते

सहकारीपीडितको वचत फिर्ता हुने सम्भावना कति ?

काठमाडाैं । हाल देशभर ३० हजार भन्दा बढी सहकारीहरु सञ्चालनमा छन् । नेपालको संविधानले पनि सहकारीलाई तीन खम्बे नीतिअन्तर्गत राखेको छ ।  सहकारीले देशको विकासको लागि योगदान गर्न सक्छ भन्ने ठूलो अपेक्षा गरेको छ । संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा पनि पहिलो नम्बरमा सहकारीलाई राखेको छ । साथसाथै २० प्रतिशत नेपालीहरु सहकारीमा आवद्ध छन् ।

सहकारीमा यति धेरै अपेक्षा हुँदाहुँदै कतिपय सहकारीमा समस्या देखिएको छ । लाखौँ वचतकर्ताको वचत डुबेको छ । अहिले सहकारी ठगी आरोपमा धेरै जनाको नाम मुछिएको छ, कति जनालाई पक्राउ गरेको छ भने कति पक्राउ हुने क्रममा छन् ।

२०६१ सालभन्दा अघि सहकारीमा समस्या थिएन । त्यसपछि मात्रै सहकारीमा समस्या देखिन थालेको हो । विशेषरी नेपाल राष्ट्र बैंकले वित्तिय कारोबारलाई नियमन गर्न खोजेपछि विस्तारै सहकारीको नामबाट केही व्यक्तिले नराम्रो काम गर्ने नियत बोकेर सहकारी व्यवसायमा आए । जसले अर्थात ठूला बचत तथा ऋण कारोबार गर्ने सहकारीलेसहकारीको सिद्धान्तविपरित काम गरेर वचतकर्ताको पैसाको दुरुपयोग गरे ।

अहिले लाखौँ बचकर्ता सडकमा उत्रिएका छन् । आफ्नो वचतफिर्ताको लागि आन्दालनरत छन् । जसको समस्या सम्बोधन नत सहकारीले गर्न सक्यो न सरकारले ।

नेपालवाचको नियमित टेलिभिजन कार्यक्रम ‘कुरा पैसाको’ को यो एपिसोडमा सहकारीमा समस्या किन र कसरी आयो, देशभर कति सहकारी संकटग्रस्त छन्, सहकारी ठगी के हो, वचतकर्ताको  डुबेको रकम फिर्ता हुने सम्भावना कतिलगायत विषमा केन्द्रित छ भएर कुरा गर्न खोजिएको छ । यी विषयमा केन्द्रित रहेर नेपाल बैंकर्स सघको पूर्व अध्यक्ष भुवन दहाले नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीसँग गरेको कुराकानीको पूरा भिडियो तल हेर्नुहोस् :

 

ताजा अपडेट

नेपालवाच विशेष