NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ ११ गते
लोक सेवा प्रश्न

संविधानवादका प्रकार, नेपालको संविधान कार्यान्वयनमा देखिएका चुनौती र समाधान उपाय

संविधानवादका प्रकारहरू उल्लेख गर्दै नेपालको संविधान कार्यन्यवनमा देखिएका चुनौती तथा ती चुनौती समाधानका सुझावहरू प्रस्तुत गर्नुहोस् ।

उत्तर

संविधानवाद

संविधानवाद लोकतान्त्रिक शासन व्यवस्थाको आधार हो । संविधानवादमा संवैधानिक सर्वोच्चता कायम भएको र संविधानअनुसार शासन व्यवस्था सञ्चालन भएको हुन्छ । संविधानवाद आफैंमा एउटा त्यस्तो मूल्यमान्यता हो जसले शासन वा सरकारको अपरिहार्यतालाई अस्वीकार गर्दैन तर त्यस्तो शासन स्वेच्छाचारी, निरकुंश वा अतिवादी हुन नहुने कुरामा सर्वाधिक जोड दिन्छ ।

संविधानवादका प्रकार

कार्य प्रकृति र विशेषताका आधारमा संविधानवादको प्रकारलाई देहायबमोजिम प्रस्तुत गरिएको छ :

१. कानूनी संविधानवाद

  •  कानूनी सर्वोच्चतामा जोड दिने संविधानवाद, यसलाई उपचारात्मक संविधानवाद पनि भन्न सकिन्छ ।
  •  संवैधानिक सर्वोच्चता
  •  कानूनको शासन
  •  न्यायिक पुनरावलोकन
  •  मौलिक हकको संरक्षण
  •  स्वच्छ, स्वतन्त्र र निष्पक्षा न्यायपालिका
  •  संविधानको आधारभूत संरचनाको सिद्धान्त ।

२. राजनीतिक संविधानवाद

  • राजनीतिक विशेषताहरूमा जोड दिने संविधानवाद
  •  आवधिक निर्वाचन, बालिग मताधिकार
  •  समानुपातिक प्रतिनिधित्व
  •  शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन
  •  बहुमतको शासन, अल्पमतको सम्मान
  •  स्वतन्त्र संवैधानिक निकाय
  •  संसदीय उत्तरदायित्व
  • लोकतान्त्रिक मूल्यमान्यताको अवलम्बन ।

३. आर्थिक संविधानवाद

  • आर्थिक वृद्धि र विकासमा जोड दिने संविधानवाद
  • मुलुकमा उपलब्ध स्रोत र साधनको उचित र न्यायोचित वितरण
  • आर्थिक स्थायित्वमा जोड ।

४. सामाजिक सांस्कृतिक संविधानवाद

  • सामाजिक सांस्कृतिक एकता तथा सहिष्णुतामा जोड
  • सामाजिक सशक्तीकरण र सबलीकरणमा जोड
  • समतामूलक र सामाजिक न्यायपूर्ण समाजको निर्माणमा जोड
  •  विविधता व्यवस्थापनमा जोड ।

नेपालको संविधान कार्यन्वयनमा देखिएका चुनौतीहरू र समाधानका सुझावहरू

नेपाली जनताका प्रतिनिधिहरूबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनमा रहेका चुनौतीहरू देहायबमोजिम छन् :

  •  संघीयताको पूर्ण अवलम्बन गर्नु
  • संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा सम्बन्ध निर्माण गर्नु
  • राजनीतिक, प्रशासनिक र वित्तीय संघीयताको पूर्ण कार्यान्वयन गर्नु
  • हालसम्मका शासन प्रणालीहरूको उपलब्धिको रक्षा गर्नु
  • अधिकारको विकेन्द्रीकरण र लाभको न्यायोचित र सन्तुलित वितरण गर्नु
  • स्थानीय श्रम, सीप, पुँजी प्रविधिको कुशल र प्रभावकारी प्रयोग एवं उपयोग गर्नु
  • संविधान सबैको हो र सबैले कानूनको पालना गर्नुपर्छ भन्ने भावनाको अपनत्ववोध गराउनु
  •  विविधताको व्यवस्थापन गर्नु
  • समग्रमा सामाजिक न्याय कायम गर्नु ।

समाधानका सुझावहरू

  • शासकीय परिपाटीअनुरूप संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्वलाई कुशल र प्रभावकारी बनाउने
  •  लाभ र अवसरको Rightful and Meaningful Distribution गर्ने
  •  जनताको Voice, Choice र Right को सम्बोधन गर्ने
  •  संविधानप्रति नागरिक सचेतीकरण र नागरिक शिक्षा प्रदान गर्ने
  •  अधिकारको विकेन्द्रीकरण र बाँडफाँटलाई व्यवस्थित र प्रभावकारी बनाउने
  •  राजनीतिक, प्रशासनिक र वित्तीय संघीयता पूर्ण रूपमा अवलम्बन गर्ने
  •  सामाजिक सशक्तीकरण, पहुँच र मूलप्रवाहीकरण बढाउने
  •  दोहोरो अधिकार तथा विवादहरूको अन्त्य गर्ने
  •  विविधता व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउने
  •  संविधान सबैको हो भन्ने साझा भावनाको विकास गर्ने
  • संविधानमा रहेका कमीकमजोरीहरूलाई ‌औचित्यताका आधारमा सम्बोधन गरी जनभावनाको सम्बाेधन गर्ने लगायत ।

अन्त्यमा,
संविधान देशको मूल कानून हो । शासन व्यवस्था संविधानमा आधारित भएर सञ्चालन हुनुपर्दछ । तसर्थ संविधानमा भएका कमीकमजोरीहरूलाई सुधार गरी जनताको हक अधिकारको रक्षा गर्दै सबैको संविधान हो भन्ने भावनाको विकास गरी संविधानको कार्यान्वयन गर्नु पर्दछ ।