लोक सेवा प्रश्न– के हो सूचना प्रविधि ? कस्ता छन् यससम्बन्धी मौजुदा कानून ?

प्रश्न : सूचना प्रविधिको विकास भन्नाले के बुझ्नुहुन्छ ? नेपालमा सूचना प्रविधिका सन्दर्भमा तय गरिएका नीतिगत एवं कानूनी व्यवस्थाहरू उल्लेख गर्दै यसका सवालबारे चर्चा गर्नुहोस् । (२+३+५)
उत्तर
कुनै पनि विषयवस्तुप्रतिको जानकारीमूलक तथ्य, तथ्यांक, विवरण वा जानकारी नै सूचना हो । सूचना तथा सञ्चार व्यवस्थापनका लागि प्रयोग गरिने आधुनिक यन्त्र–उपकरणको समग्र व्यवस्थापनसम्बन्धी कार्य, प्रक्रिया तथा पद्धतिलाई सूचना प्रविधिका रूपमा बुझ्न सकिन्छ ।
सूचना प्रविधिको विकास
सूचना प्रविधिमा हुने परिमाणात्मक तथा गुणात्मक बढोत्तरी वा परिवर्तन नै सूचना प्रविधिको विकास हो । यसले सूचना प्रविधिका सम्बन्धमा गरिने समग्र पूर्वाधारको विकास, नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनका लागि आवश्यक अनुकूलता समेतको व्यवस्थापनलाई समेट्दछ ।
बुँदागत रूपमा यसलाई यसरी प्रस्तुत गर्न सकिन्छ
– सूचना प्रविधिको सर्वाङ्गीण आयाममा हुने उन्नति, प्रगति र समृद्धि नै यथार्थमा सूचना प्रविधिको विकास हो ।
– सार्वजनिक व्यवस्थापनका सन्दर्भमा सूचना प्रविधिको विकाशको जिम्मेवारी सरकारको हो । यद्यपि, बहुस्तरीय शासन पद्धतिमा शासकीय साझेदारहरूमा समेत यसको विकास, विस्तार तथा प्रवर्द्धनमा सक्रिय भूमिका रहेको हुन्छ ।
– सूचना प्रविधि विकासले यसको गुणात्मक एवं परिमाणात्मक विकास वा बढोत्तरी मात्र नभएर त्यसको कुशल उपयोग र सोबाट प्राप्त गरिने अपेक्षित नतिजासमेतलाई जनाउँदछ ।
नीतिगत एवं कानूनी व्यवस्था
सूचना प्रविधिका सन्दर्भमा नेपालमा तय गरिएका नीतिगत एवं कानूनी व्यवस्थाहरू निम्न छन् :
नेपालको संविधानमा भएको व्यवस्था
– सूचनाको हकको प्रत्याभूति गरिएको (धारा–२७)
– सञ्चारको हक (धारा–१९)
– विकाससम्बन्धी नीतिमा सूचना प्रविधिको विकास, विस्तार एवं हस्तान्तरण गर्ने विषय उल्लेख भएको
– नेपाल सरकार कार्यविभाजन नियमावलीमा भएको व्यवस्था
– सूचना तथा प्रविधिको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको/तोकिएको ।
- सूचनाको हक सम्बन्धी ऐन, २०६४,
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- विद्युतीय कारोबार ऐन, २०६३
- विद्युतीय कारोबार नियमावली, २०६४
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ का केही विशिष्टीकृत नीतिहरू
- सूचना तथा सञ्चार प्रविधि नीति, २०७२
- आमसञ्चार नीति, २०७३
- ब्रोड व्याण्ड नीति, २०७१
- दूरसञ्चार नीति, २०६०
- भू–उपग्रह नीति, २०७६
- वर्तमान आवधिक योजनामा यस विषयले प्राथमिकता पाएको,
- वार्षिक बजेटमा व्यवस्था गरिएको आदि
नेपालमा सूचना प्रविधिको विकासका सवालहरू
नेपालमा सूचना प्रविधिको विकासका केही नवीनतम सवालहरू यहाँ उल्लेख गरिएको छ :
- पूर्वाधार विकास सबैभन्दा महत्त्वपूर्ण सवाल रहेको
– Inforware – Hardware
– Ecoware
- विद्युतीय/प्रविधिसम्बन्धी शिक्षा तथा सचेतना
- औपचारिक सचेतना
- अनौपचारिक सचेतना
- ICT मैत्री मानव संशाधन विकास गर्ने सवाल
- ICT मैत्री वा व्यवस्थापन सम्बन्धी नीतिगत, कानूनी एवं कार्यविधिगत विकास, विस्तार एवं समयानुकूल सुधार
- ICT को प्रयोगद्वारा कार्यसम्पादन, विकास र सेवा प्रवाहमा प्रभावकारिता, मितव्ययिता, कार्यदक्षता हासिल गर्ने सवाल
- सुशासन प्रवर्द्धनमा ICT को प्रयोग
- ICT को प्रयोगसँगै वातावरण सन्तुलनमा जोड
– विकिरणको चुनौती
– मानवीय स्वास्थ्यमा असर
– वातावरण प्रदूषण आदि ।
- वातावरणीय व्यवस्थापनको चुनौती
– ICT का उपकरण धुल्याउन वातावरणीय चुनौती रहेको । जस्तै : ब्याट्री धुल्याउने कार्य ।
- सूचना प्रविधिको दिगोपना तथा सुरक्षाको सवाल
– ह्याकरबाट बच्ने
– डेटा चोरीलगायतको जोखिम
- धेरै लागत लाग्ने हुँदा सोको व्यवस्थापन गर्ने सवाल
- बढ्दो विद्युतीय अपराध (Cyber Crime) को नियन्त्रण गर्ने/नियमन गर्ने, अनुसन्धान गर्ने विषय, ICT को परिवर्तन वेग अत्यन्त तीव्र रहेको हुँदा सो अनुकूल हुनेगरी आफूलाई अद्यावधिक गर्ने सवाल
- अनुसन्धान तथा विकासमा निरन्तर जोड दिने सवाल आदि ।
अन्त्यमा
शासन, विकास र सेवा प्रवाहमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुन्छ । प्रविधिको बढ्दो विकासलाई आत्मसाथ गर्न सकेमा यसबाट थुप्रै लाभ लिन सकिन्छ भने यसको समयानुकूल सदुपयोग हुन नसकेमा चुनौती पनि उत्तिकै छ । यस्ता चुनौती तथा सवालहरूको समयमै सम्बोधन गरी वाञ्छित लाभ लिनु आजको आवश्यकता हो ।
प्रतिक्रिया