NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

भूकम्पमा एक सय ५७ को निधन, आइतबार सरकारले राहत घोषणा गर्ने

काठमाडौं । शुक्रबार मध्यराती गएको भूकम्पमा मृत्यु हुने एक सय ५७ पुगेका छन् । जाजरकोटमा १०५ र पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

त्यस्तै, घाइतेको संख्या १७० भन्दा धेरै छ । सुरक्षा नियकाले उद्धारको काम तिव्रताका साथ गरेका छन् । गम्भीर घाइतेलाई काठमाडौैं ल्याएर उपचार गर्न थालिएको छ ।

उद्धार र राहतका लागि सरकारले १० करोड बजेट पठाइसकेको छ । भूकम्पका पीडितहरुलाई थप राहतका कार्यक्रमका लागि आइतबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । जसमा मृत्यु हुने र घर भत्किएकाहरुलाई राहत दिन लागिएको छ । घाइतेहरुको निशुल्क उपचार पनि सरकारले गर्ने भएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष