मन्त्रिपरिषद्को बैठकद्वारा ६ सचिवको सरुवा

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा गरेको छ । कोशी प्रदेशका प्रमुख सचिव दीपक काफ्लेलाई सरकारले पर्यटन मन्त्रलायको जिम्मेवारी दिएको छ । त्यस्तै, खानेपानी मन्त्रालयमा सुरेश आचार्यले जिम्मेवारी पाएका छन् । पर्यटनमा कार्यरत भरत सुवेदीको सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सरुवा भएको छ ।
खानेपानी मन्त्रालयमा कार्यरत रामआधार साहलाई राष्ट्रिय सतर्कता केन्द्रमा, गोपाल सिग्देललाई उर्जा मन्त्रालय तथा सुशीलचन्द्र तिवारीलाई सिंचाई मन्त्रालयमा सरुवा गरिएको छ ।
बिहीबारको मन्त्रिपरिषद्ले सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गरिएको एक मन्त्रीले जानकारी दिए।
प्रतिक्रिया