NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

नछुट्ने भए रवि, थुनामै राख्ने उच्चको आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामुक्त गर्न नपर्ने आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार रविको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको हो ।

जिल्ला अदालत, रूपन्देहीको आदेश उल्ट्याएर उच्च अदालत, बुटवलले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि रविको तर्फबाट पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् । त्यसलाई हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरेको सर्वोच्चले शुक्रबार आदेश दिएको हो ।

योसँगै लामिछानेले अब कारागारमै बसेर मुद्दाको थप प्रक्रिया सामना गर्नुपर्ने भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष