NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

एकैदिन अदालतका दुई ठूला आदेशः कोइलीलाई सफाइ, खाणलाई धरौटी

काठमाडौं । बिहीबार एकैदिन अदालतले दुई बहुचर्चित मुद्दामा फैसला सुनाएको छ । दुवै फैसलाको सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य भूमिका खेल्न कांग्रेस नेता बालकृष्ण खाणलाई धरौटीमा छाड्ने आदेश भएको छ । उच्च अदालत पाटनले यस्तो आदेश दिएको हो । खाणविरुद्ध बलिया प्रमाण हुँदा पनि अदालतले प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै ३० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

त्यस्तै, महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ । जसमा लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले यस्तो फैसला गरेको हो । दुवै फैसलाको विषयमा सामाजिक सञ्जालमा बहस तातिएको छ ।