NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

१९ जिल्लाका सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले २५ सहसचिवको सरुवा गरेको छ । सरुवामा १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

बन्धु बास्तोलाको झापा, आनन्द काफलेको पाल्पा, शंकरहरी आचार्यको सुर्खेत, नारायण प्रसाद सापकोटाको भोजपुर, हरिप्रसाद घिमिरेको उदयपुर, जनार्दन गौतमको तनहुँको सिडिओमा सरुवा भएको छ ।

त्यस्तै, हिरालाल रेग्मी रौतहट, धर्मेन्द्र मिश्र कैलाली, दिनेश सागर भुसाल पर्सा, भोला दाहाल गोरखा, विश्व प्रसाद अर्यालको कपिलवस्तुमा सरुवा भएको छ । सुरेश पन्थीको पश्चिम नवलपरासी, बेद प्रसाद खरेलको बर्दिया, नारायण अर्यालको प्यूठान, भरत खनालको सिन्धुली, सुनिता नेपालको स्याङजा, झक्क प्रसाद आचार्यको सिन्धुपाल्चोक र जयनारायण आचार्यको सुनसरीमा सिडिआको जिम्मेवारीमा सरुवा भएको छ ।