NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

सहसचिवसहित २४ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौैं । बिशेष अदालतले सहसचिवसहित २४ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । नक्कली कागजपत्र र परिवारका सदस्य खडा गरी ३२ बिघा जग्गा हिनामिनासम्बन्धि मुद्दामा बिशेष अदालतले बिहीबार सफाइ दिएको हो ।

नवलपरासीका तत्कालिन मालपोत प्रमुख रहेका टिकाराम ज्ञवाली लगायतले सफाइ पाएका हुन् । ज्ञवालीसहित मालपोत प्रमुख ईश्वरराज कलवार, मालपोत अधिकृत, महोहरप्रसाद पन्थी, नासुहरू बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालिन गाविस सचिव नन्दलाल दास, कम्प्युटर अपरेटर, सुवास खड्का, खरिदार नेत्रबहादुर चौधरी, अमृतकुमार मगर, खगेन्द्र पराजुली र रविकुमार खत्रीले सफाई पाएका हुन् ।

अस्तित्वमै नरहेका प्रेम शरण खत्रीका नाममा कायम रहेका जग्गाहरु सम्बन्धित सरकारी कर्मचारीहरु र गलत प्रवृतिका व्यक्तिहरुसँगको मिलेमतोमा अनुप मेहरा भन्ने भारतीय नागरिकलाई अनुप कुमार खत्री बनाई उनकै नामबाट जग्गाहरु विभिन्न व्यक्तिविशेषहरुलाई बिक्री वितरण गरीएको थियो । ती जग्गाहरु देवेन्द्रसिंह सैथवार, आशकुमार सैथवार, बृजमनि सैथवार, ईन्द्रावती सैथवार, अमनसिंह सैथवार (नावालक), तेजप्रतापसिंह सैथवार (नावालक), रितु कुमारी सैथवार, शिवलाल चमार, परदिप सुनार, तेजश्व सोनकर, पूर्णिमा कुमारी बर्मा सुनार र प्रियंका कुमारी बर्मासमेतको नाममा कायम गरिएको थियो । जग्गाधनीलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो ।
२८ असार २०७७ मा मुद्दा दायर भएकोमा बिहीबार फैसला भएको हो ।