NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

मोबाइल तस्करीमा घुस लिने प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । मोबाइल तस्करीको क्रममा घुस लेनदेन गर्ने प्रहरी जवानसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । इप्रका बर्दघाटका प्रहरी जवान संजिव धवल तथा चितवन, भरतपुर महानगरपालिका, वडा नम्बर–८ स्थायी वतन भएका अर्जुन प्रसाद शर्मा र वडा नम्बर–२१ स्थायी वतन भएका इन्द्रलाल श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । मोबाइल तस्करी गर्ने शर्मा र श्रेष्ठले जवान धवललाई एक लाख ७५ हजार रुपैयाँ घुस दिएको अख्तियारको ठहर छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटना तस्करीसँग जोडिएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । सोही छानबिन समितिले मोबाइल तस्करीमा प्रहरीले सहयोग गरेको देखिएको थियो । सोही आधारमा अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।
२०७८ को साउनमा इन्सपेक्टर वाग्लेको मृत्यु भएको थियो । त्यसको अघिल्लो दिन उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । इन्सपेक्टरको मृत्यु मोबाइल तस्करीसँग जोडिएको र यसमा तत्कालिन प्रदेश डिआइजी मुकुन्द आचार्यको समेत मिलमतो रहेको भन्दै कांग्रेस नेता देवेन्द्रराज कँडेलले बताएपछि छानबिन समिति बनेको थियो ।

जसमा नेपाल प्रहरीका तत्कालिन एसएसपी सुदीप गिरी र राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ थिए । गत २५ साउनमा इन्सपेक्टर वाग्लेको मृत्यु भएको थियो । त्यसको अघिल्लो दिन गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो ।

मोबाइल तस्करीमा सहयोग गरेको भन्दै उनलाई गृहले निलम्बन गरेको थियो । सो घटनामा लुम्बिनी प्रदेशका डिआजी मुकुन्द आचार्यले इन्सपेक्टर वाग्लेलाई दबाब दिएर सो मोबाइल छुटाउन लगाएको आरोप लागेको छ । जून मोबाइल पछि पूर्व नवलरापसी प्रहरीले बरामद गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष