दिल्लीमा यौन व्यवसाय चलाउने दम्पती नेपालमा पक्राउ
काठमाडौं । भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपिलका–७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया अस्मीता भण्डारी,रिया वली भन्ने टिका कुमारी वली रहेका छन् ।
विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाईने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्यारई वेश्यावृत्तिको लागि आफैले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो । उनीहरुको दिल्लीको अपार्टमेन्टबाट प्रहरीले नौ जना नेपाली युवतीको उद्धार गरेको छ । अनलाइनमार्फत उनीहरुले यौन व्यवसाय चलाएका थिए ।
प्रतिक्रिया