इलाम–२ मा मा ५७ प्रतिशत मतदान, आइतबार मात्र गणना हुने
काठमाडौं । इलाम २ मा भएको उपनिर्वाचनअन्तर्गत मतदान सकिएको छ। करिब ५७ प्रतिशत मात्र मतदान भएको आकन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमै मतदान सकिएको हो। इलाम २ मा एक लाख १५ हजार ८८९ मतदातामध्ये करिब ६६ हजार अर्थात् करिब ५७ प्रतिशत मत खसेको आकलन गरिएको छ । सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सकिएको घिमिरेले बताए ।
राति १० बजेसम्म इलाम सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याइने र आइतबार बिहानबाट मतगणना गर्ने सहमति भएको छ ।
शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो। इलाम २ मा एक स्थानका लागि राजनीतिक दलका १२ र स्वतन्त्र उम्मेदवार सातजना गरी १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन्।
ताजा अपडेट
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
-
‘सभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग भयो’
-
कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल
-
सुर्खेत बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते
प्रतिक्रिया