लोकसेवाको विज्ञापन रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडाैं । सर्वाेच्च अदालतले लोकसेवा आयोगको राजपत्राङ्कित प्रथम श्रेणीको परीक्षा रोक्न अन्तरिम आदेश दिएको छ । परीक्षार्थी रमेशराज सुवेदीले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्च न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो । आयोगले गत २९ असोजमा नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्ति प्रथम श्रेणीको सूचना प्रविधि विज्ञ पदको विज्ञापन गरेको थियो । विज्ञापनअनुसार परीक्षा दिएका मध्ये तीन जना अन्तर्वार्ताका लागि सिफारिस भएका थिए । भने आयोगले २९ असोजका लागि अन्तर्वार्ताको दोस्रो मिति तय गरेको थियो । तर अन्तर्वार्ता दिनेमध्येका सुवेदी कोरोना संक्रमित देखिएका थिए । कोरोनाका कारण परीक्षार्थी परीक्षमा सामेल हुन गाह्रो हुने भन्दै सर्वोच्चले रोक लगाएको हो । सर्वोच्चले अहिलेकै अवस्थामा परीक्षा लिए परीक्षार्थीलाई अपुरणिय क्षति पुग्ने भन्दै आयोगका सम्पूर्ण निर्णयहरु यथास्थानमा राख्न निर्देशन दिएको हो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया