मंसिर ३ देखि विद्यालय खुल्ने

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् । नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको बिहीबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । आगामी मंसिर ३ देखि पठनपाठन शुरु गर्नका लागि अभिभावकसमेतले साथ दिनुपर्ने नगर प्रमुख वीरेन्द्र खड्काले बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गरेर विद्यालय चलाउनाको विकल्प नभएको नगरपालिका शिक्षा शाखा संयोजक राजेन्द्र जोशीले बताए । यसअघि बुंगल नगरपालिका तथा तलकोट, खप्तड र थलारा गाउँपालिकाका विद्यालय यही कात्तिक १५ गतेदेखि सञ्चालनमा आइसकेका छन् ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया