खेलाडीलाई प्रोत्साहन भत्ता दिन्छौं : खेलकुद मन्त्री

काठमाडौं । युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्ने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित अखिल नेपाल फुटबल संघको १९ औँ एन्फा कंग्रेस(साधारण सभा) बैठकलाई सम्बोधन गर्दै मन्त्री तामाङले मन्त्रालयले विगतका वर्षमा दिदैँ आएको तर हाललाई रोकिएर रहेको खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्तालाई मन्त्रालयले पुनः व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने बताएका हुन् । यसको सन्दर्भमा मन्त्रालय छिट्टै टुंगोमा पुग्ने उनको भनाई छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाली खेलाडीहरुसँग योग्यता, क्षमता तथा सीप भए पनि व्यवस्थित प्रशिक्षणको अभाव रहेको बताए । नेपाली खेलाडीलाई अन्र्तराष्ट्रिय स्तरमा प्रशिक्षण दिलाउन सके खेल क्षेत्रमा उपलब्धी हासिल गर्न सकिने उनको भनाई छ । खेलाडीहरु फुट र विभाजनमा नलागी एकताबद्ध भएमात्रै फुटबल क्षेत्रले सफलता हासिल गर्न सक्ने उनले बताए । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबललाई परिणाममुखी रुपले व्यवस्थित गर्नका लागि बजेटको आवश्यकता रहेको बताए । बजेटको व्यवस्था मन्त्रालय तथा परिषद्ले गरिदिए नेपाली फुटबललाई चार वर्ष भित्र व्यवसायिकतातर्फ उन्मुख गराउने उनको भनाई छ । कोभिड १९ को मारमा खेल क्षेत्र पनि उत्तिकै प्रभावित भएको छ । खेलाडी तथा खेल क्षेत्रका व्यक्तिहरुले खेल क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा फर्काउनको निम्ति सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताउने गरेका छन् ।
ताजा अपडेट
-
प्रतिनिधिसभाबाट ‘जलस्रोत विधेयक २०८१’ पारित
-
कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो
-
सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ : मुख्य सचेतक बर्तौला
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
प्रतिक्रिया