को हुन् विश्वकै शक्तिशाली अमेरिकाका नयाँ राष्ट्रपति बाइडेन ?

जो बाइडेन राजनीतिमा लाग्नुअघि वकिलको काम गर्थे । बाइडेन अमेरिकी इतिहासमा पाँचौं कान्छो सिनेट बने । उनी लामो समयसम्म डेलावेरमा सिनेट रहेका थिए । सन २००८ मा उनले अमेरिकी राष्ट्रपतिको अभियान चलाएका थिए । तर, त्यसले त्यत्ति राम्रो लय समात्न सकेन । अमेरिकी डेमोक्रेटिक पार्टीका तत्कालिन उमेदवारले बाइडेनलाई विश्वास गरेर आफ्नो सहयात्रीको रुपमा अमेरिकी उप–राष्ट्रपतिको रुपमा राखेका थिए । वाइडेनले ओबामासँगै दुई कार्यकाल उपराष्ट्रपतिको रुपमा काम गरे । सन् २०१७ मा ओबामाले बाइडेनलाई राष्ट्रपति पदको लागि स्वतन्त्रता प्रदान गरे । त्यसको ठीक दुई वर्षपछि सन् २०१९ मा बाइडेनले अमेरिकी राष्ट्रपतिको लागि आफ्नो अभियान सुरु गरेका थिए ।सन् २०२० को डिसेम्बरमा भएको अमेरिकी चुनावमा यिनै बाइडेनले तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै विजय हासिल गरे । २०२१ जनवरी २० अर्थात आज बाइडेनले आगामी चार वर्षसम्म अमेरिकी राष्ट्रपतिको रुपमा काम गर्ने सपथ लिदैं छन् । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि बाइडेनले राष्ट्रपतिको रुपमा पदभार सम्हाल्दै छन् । को हुन जो बाइडेन? विश्वकै महत्वपूर्ण र शक्तिशालीमध्येको राजनीतिक पद धारण गर्नुभन्दा धेरैअघि सन् १९४२ मा बाइडेन अमेरिकी राज्य पेन्निसभेनियाको दक्षिणी भुभागस्थित स्क्रानटन शहरमा जन्मिएका थिए । बुबा जोसेप बाइडेन सिनियर र आमा क्याथरिन युजेनिया जिन फिन्नेगनको सन्तानको रुपमा सन् १९४२ को नमेम्बर २० मा उनको जन्म भएको थियो । उनका बुबा पुराना कारको बिक्रेताको रुपमा काम गर्थे । बाइडेन आफ्नो बुबाआमालाई मेहनत, परिश्रम र धैर्यता लगायतका गुण आफूमा बाल्यकालमा भरिदिएको श्रेय दिन्छन् । कतिपय कार्यक्रममा आफ्नो बाबुलाई उदृत गर्दैै बाइडेनले बाल्यकालमा आफूलाई बुबाले भनेका कुरा बताएका छन्, ‘एक व्यक्तिको नाम उ कसरी गिर्यो भन्ने कुराले हुँदैन्, बरु गिरेपछि उ कति छिटो उठ्यो भन्ने कुराले हुन्छ ।’ सँगै आफ्नी आमाले आफूलाई आफ्नो गल्ती नहुँदासम्म अन्यायको लागि लड्नुपर्छ भन्ने सिकाएको बाइडेनले पटक–पटक प्रसंगसहित बताएका छन् । बाल्यकालमा उनको छिमेकको एक बालकले उनलाई दुःख दिँदा उनकी आमाले भन्ने गर्थिन्, ‘त्यसको नाकलाई रगताम्य बनाउनु ताकी भोलिबाट तिमी बाटोमा खुल्ला हिँडन सक्छौं ।’ बाइडनेले स्क्रानटन क्षेत्रकै स्कुलमा आफ्नो पढाई सुरु गरेका थिए । त्यसपछि उनी १३ वर्षको हुँदा उनको परिवार डेलावेरको मेफिल्ड क्षेत्रमा बसाई सरेको थियो । उक्त क्षेत्रमा मध्यम स्तरीय परिवारहरुको व्यापक बसाई भईरहेको थियो । नजिकै रहेको डुपोन्ट केमिकल उद्योगमा काम गर्ने गरी परिवारहरु त्यहाँ सरेका थिए । बाइडेन मेफिल्ड क्षेत्रमा साथीभाईसँग बोल्दा अक्मकिन्थे । जसकारण पटक पटक उनीबारे व्यंग्य हुन्थ्यो । तर, विस्तारै बाइडेनले आफ्नो बोलीलाई सुधार्न कविताका लामा लामा हरफहरु याद गर्थे । पढ्थे । यसरी उनले बोलीलाई सुधारेका थिए । डेलावेर क्षेत्रमा आफ्नो पढाई पूरा गरेपछि उनले स्थानीय एक विश्वविद्यालयमा इतिहास र राजनीति शास्त्रमा अध्ययन गरेका थिए । त्यही बेला उनले साइराकुस विश्वविद्यालयकी निइलिया कन्टरलाई भेटेका थिए, जसलाई देखेपछि उनकै शब्दमा भन्दा, ‘पहिलो नजरमै प्रेम भएको थियो ।’त्यसपछि बाइडेनले साइराकुस विश्वविद्यालय मै कानून पढ्न थाले । बाइडेनको सुरुवाती राजनीति बाइडेनले सन् १९६८ कानुनको पढाई पुरा गरेपछि डेलावेरको विलमिङ्छन क्षेत्रमा बसाई सरे, कानुन व्यवसायी बन्न । त्यहीं बेलाउनी डेमोक्रेटिक पार्टीमा पनि सक्रिय सदस्य भएका थिए । सन् १९७० मा पार्टीको ‘न्यु क्यास्टल काउन्टी काउन्सिल’मा काउन्सिलम्यान नियुक्त भएका थिए । काउन्सिलम्यानकै रुपमा रहँदा सन १९७१ मा उनले आफ्नो ल फर्म खोलेका थिए । सन् १९७२ मा डेलावेरमा डेमोक्रेटिक पार्टीले बाइडेनलाई रिपब्लिकन पार्टीका जे. क्यालेब बग्सको विपक्षीको रुपमा सिनेट पदको लागि उठाएको थियो । जसमा बाइडेनले अमेकिरी सिनेटमा पाचौं कान्छा सिनेटको रुपमा जितेका थिए । सन् १९७३ देखि सन् २००९ सम्म बाइडेनले सिनेट सदस्यको रुपमा काम गरे । त्यतिबेला बाइडेनले परराष्ट्र नीतिका विज्ञको रुपमा आफूलाई स्थापित गराएका थिए । उनले परराष्ट्रका विषयमा सोभियत युनियनसँग हतियारको सीमितताका विषयमा वकालत गर्नेदेखि शान्ति कायम गराउने, नाटोलाई पूर्व सोभियत राज्यहरुमा विस्तार गर्ने र पहिलो गल्फ युद्धको विरोध गर्ने जस्ता काम गरेका थिए । पछि सन् १९९४ मा बाइडेनले ‘हिंसकत अपराध नियन्त्रण’ र ‘कानून प्रवर्तक ऐन’लाई प्रायोजित गरी एक लाख प्रहरी थप्ने र अपराधमा संलग्न हुनेहरुलाई सजायँ बढाउने जस्ता व्यवस्था गरेका थिए ।सन् १९८७ सम्म आइपुग्दा बाइडेनले आफूलाई वासिङटनमा डेमोक्रेटिक पार्टीका चर्चित र सम्माननीय सांसदको रुपमा स्थापित गरिसकेका थिए । त्यसपछि उनी अमेरिकी राष्ट्रपति पदको लागि लड्ने विचारसहित अघि आए । त्यत्तिबेला उनको भाषणका केही अंश चोरेर राखिएको रिपोर्ट आएपछि बाइडेन राष्ट्रपति निर्वाचनको कदमबाट पछि हटेका थिए । अमेरिकी उपराष्ट्रपतिको यात्रा सन् २००७ सात अर्थात् बाइडेनले पहिलो पटक राष्ट्रपति पदको लागि लड्ने असफल प्रयास गरेको २० वर्षपछि बाइडेनले फेरि अमेरिकी राष्ट्रपतिको लागि लड्ने सोच बनाएका थिए ।त्यत्तिञ्जेलसम्म बाइडेनले सिनेट पदमा राम्रो अनुभव पाइसकेका थिए । तर, बाइडेनले हिलारी क्लिन्टन र बाराक ओबामाको अघि राम्रोसँग अभियानलाई सञ्चालन गर्न सकेनन् । बाइडेनले ‘आयोवा कउकसेस’ अर्थात राष्ट्रपति निर्वाचनको लागि दर्ता गरिएका सदस्यहरुको लागि हुने द्विवार्षिक चुनावमा एक प्रतिशत पनि भोट नल्याएपछि राष्ट्रपतीय निर्वाचनबाट पछि हटेका थिए।केही महिनापछि बाइडेनले डेमोक्रेटिक पार्टीबाट आफ्नो उम्मेदवारी पक्का गरिसकेपछि बाइडेनलाई उपराष्ट्रपतिको पदमा राख्ने निर्णय गरेका थिए । बाइडेनले ओभामाको राष्ट्रपतिको चुनावको अभियानमा मतदानमा महत्वपूर्ण असर गर्ने ओहिओ र पेन्सिलभेनिया जस्ता राज्यमा ‘ब्लु कोलर’ मतदाताहरुलाई आर्थिक पुनस्र्थापनाको कुरामार्फत आफ्नो सन्देश दिएका थिए । बाइडेनले ओबामाको दुवै कार्यकालमा उनलाई साथ दिए । ओबामाको दोस्रो कार्यकाल सुरु भएपछि बाइडनेले उपराष्ट्रपति कति महत्वपूर्ण हुन्छन् भन्ने देखाएका थिए । उनले करको वृद्धि र खर्चमा कटौतीको द्विपक्षीय सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । बाइडेनले सिनेट अल्पसंख्यक नेता मिच क्यषकोनेलसँग सम्झौता गरेका थिए । सन् २०१३ जनवरी १ मा उक्त सम्झौतालाई अमेरिकी सिनेटले पारित गरेको थियो । त्यसपछि उक्त सम्झौतालाई अमेरिकी प्रतिनिधिसभाले पनि अनुमोदन गर्यो । २०२० को राष्ट्रपति चुनावको अभियान सन् २०१९ मा बाइडेनले सन् २०२० चुनाव लड्न सक्ने संकेत एक भिडियोमार्फत दिए ।तीन मिनेट ३० सेकेन्टको भिडियोमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै सन् २०१७ मा भर्जिनियाको चार्लटभेल क्षेत्रमा भएको हिंसामा दुवै पक्षलाई बराबर देखाउने प्रयासलाई औल्याउँदै भने, ‘हाम्रो देशको लागि यस्तो खतरा मैले आजसम्म देखेको थिइनँ ।’ २४ सेप्टेम्बरको एक भाषणमा बाइडेनले ट्रम्प र उनको कदमलाई ‘शक्तिको दुरुपयोग’ भएको बताएका थिए । सँगै उनले ट्रम्पले कांग्रेसलाई सहयोग नगरेमा उनी आफू पनि ट्रम्पविरुद्धको महाअभियोगमा समर्थन जनाउने बताएका थिए । फेब्रुअरीमा ट्रम्प विरुद्ध लागेको महाअभियोगको ट्रायल सकिएको थियो । त्यत्ति बेला बाइडेनले आफ्नो चौथौं ‘आयोवा कउकसेस पूरा गरेका थिए । सन् २०२० को अगष्ट ११ मा बाइडेनले कमला हेरिसलाई उपराष्ट्रपति पदको लागि लडाउने घोषणा गरेका थिए । कमलाबारे घोषणा गर्दै उनले भनेका थिए, ‘यो मेरो सौभाग्य हो कि मैले कमलालाई चुने भनेर घोषणा गर्न पाएको छु । एक निडर योद्धा एक सामान्य मान्छेको लागि पाएको छु । र देशकै एक उत्कृष्ट सार्वजनिक कर्मचारी भएको छु ।’ ट्रम्प र बाइडेनको वादविवाद अगष्टमा बाइडेनले आफ्नो उमेद्वारीको आधिकारी घोषणा गरेसँगै बाइडेन र ट्रम्पबीचको ‘डिबेट’को धेरैलाई प्रतिक्षा थियो । २९ सेप्टेम्बरमा दुई बीच पहिलो डिबेट भयो, जसमा बाइडेनले आफ्ना प्रतिद्वन्द्वीलाई ‘जोकर’ भनेका थिए । बाइडेनले ट्रम्प प्रशासन चुकेका ठाउँहरु समाते, जसमा कोरोना भाइरसप्रतिको लापरवाही, वातावरणीय न्याय लगायतका विषय थिए । दुई बीच दोस्रो डिबेट हुन सकेन । किनकी ट्रम्पले भर्चुअल डिबेटमा नबोल्ने बताए ।तेस्रो डिबेट अगष्ट २२ मा भयो, जसमा बाइडनेले स्वास्थ सेवा, अध्यागमन जस्ता विषयमा दिएको भाषणले केही आलोचना खेपेको थियो । तर, लगत्तै उनले कोरोनाकालीन समयमा ट्रम्प प्रशासनको लापरवाहीलाई पक्रिएका थिए । अमेरिकी राष्ट्रपति चुनावमा जीत अमेरिकामा भएको यस पटकको चुनाव अमेरिकासँगै विश्वकै लागि रोमाञ्चक थियो । एकातिर ट्रम्पको हर्कतले विश्वनै नयाँ अनुहारको खोजीमा थियो । अमेरिकीहरुलाई पनि चार वर्षसम्म भोगेका राष्ट्रपतिको लापरवाहीबाट छुटकाराको आवश्यकता महसुस भएको देखिएको थियो । नोभेम्बर ३ सम्म अधिकांश राज्यमा मतगणना सकिएपनि अर्को दिन बाइडेन र ट्रम्प बीचको चुनावी लडाईं उस्तै चलिरहेको थियो । विसकन्सिन र मिचिगेन क्षेत्रमा बाइडेनको जीतसँगै भने चुनावको लहर बाइडेनपट्टि पर्यो । चुनावको चार दिनपछि नोभेम्बर ७ मा बाइडेन राष्ट्रपतिमा जित्ने पक्का भयो । उनले जितका लागि आवश्यक २७० इलेक्टोरल कलेज भोट प्राप्त गरी अमेरिकाको ४६ औं राष्ट्रपति भए । चुनाव जितेपछि बाइडेनले ट्वीट गर्दै लेखे, ‘अमेरिका, हाम्रो महान देशलाई अघि बढाउन मलाई छानेकोमा धन्यवाद । हाम्रो अघिको काम अफ्ठ्यारो छ । तर, म कसम खान्छु म, मलाई भोट हाल्ने र नहाल्ने सबै अमेरिकीहरुको राष्ट्रपति बन्छु ।’ विवादमा बाइडेन बाइडेन राजनीतिक होस वा गैर राजनीतिक विभिन्न कारणले थुप्रै पटक विवादमा आएका छन् । जसमध्ये मुख्य विवाद उनीमाथि लागेको यौन दुव्यर्वहारको मुद्दा हो । उनीमाथि उनकै कार्यलयकी पूर्व कर्मचारीले यौन दुव्यर्वहारको आरोप लगाएकी छिन् । तारा रिएडेले बाइडेनले महिलाहरुलाई छुने र असहज रुपमा व्यवहार गर्ने गरेको आरोप लगाएकी थिइन्। तर, बाइडेनले भने त्यस्तो नभएको बताएका थिए । तारा रिएडे बाइडेनसँगै सिनेटकी पूर्व कर्मचारी हुन्, जसले सन् १९९० को दशक बाइडेनले यौन दुव्यर्वहार गरेको आरोप लगाएकी थिइन् । रिएडेसँगै अन्य आठ महिलाले पनि बाइडेनले दुव्यर्वहार गरेको आरोप लगाएका थिए ।न्युयोर्क टाइम्सका अनुसार बाइडेनले आफू आकर्षित भएपनि आरोप लागेजस्तो दुव्र्यवहार नगरेको बताएका छन् । पछि बाइडेनले एक भिडियोमार्फत यो विवादलाई सम्बोधन गरे । उनले आफूले अरुसँग सम्बन्ध राख्नको लागि हात मिलाउने, अंकमाल गर्ने गरेको तर, त्यसैलाई अर्को व्यक्तिले दुव्यर्वहारको रुपमा लिएको बताएका थिए । एजेन्सीको सहयोगमा
प्रतिक्रिया