NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

बाँके । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले ६ महिनामा लक्ष्यभन्दा दुई अर्ब ३२ करोड रुपैयाँ बढी राजस्व असुली गरेको छ । कार्यालय प्रमुख जयबहादुर भण्डारीका अनुसार ६ महिनामा लक्ष्यभन्दा दुई अर्ब ३२ करोड रुपैयाँ बढी राजस्व असुली गरिएको बताएका हुन् । भन्सार कार्यालयको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य सात अर्ब ५८ करोड रुपैयाँ रहेकोमा नौ अर्ब ९० करोड रुपैयाँ अर्थात् ३० दशमलव ६० प्रतिशत राजस्व असुली गरेको हो । चालु आर्थिक वर्षको पहिलो महिनामा १७७ प्रतिशत राजस्व असुली गरेको नेपालगञ्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १३८ प्रतिशत राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । भन्सार कार्यालयको यस वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य रहेकोमा सजिलै पूरा हुने सङ्केत देखिएको छ ।