कृषि विकास बैंकमा जागरि खुल्यो

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ३ सय ३६ जनाका लागि जागिर खुलाएको छ । बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ इन्जिनियरलगायत पदका लागि दरखास्त आह्वान गरेको हो । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गरेर बैंकले खुला तथा प्रतियोगितात्मक परीक्षामार्फत जागिरका लागि आवेदन खुलाएको हो । आवेदन दिने म्याद माघ १ देखि २९ गतेसम्म रहेको बैंकले जनाएको छ । अनलाइनबाट पनि दरखास्स्त आवेदन दिन सकिने बैंकले उल्लेख गरेको छ ।
प्रतिक्रिया