NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

हट्यो लाइसेन्स आवेदनमा कोटा प्रणाली

काठमाडौं । लाइसेन्सको आवेदन दिन सास्ती भएपछि यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा कोटा प्रणाली हटाएको छ । कोटा प्रणाली हटेसँगै अब जति पनि सेवाग्राहीले आवेदन दिन सक्नेछन् । यसअघि निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्थाका कारण दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन पाउँथे । विभागका प्रवक्ता लोकनाथ भुसालले आजबाट अनलिमिटेड फारम भर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । यसको लागि अनलाइन प्राणालीमा पनि सुधार गरिने उनको भनाई छ । यसअघि अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा साइटमै समस्या देखिएको थियो । अनलाइन प्रणालीमा सुधार गरिएकाले अब सेवाग्राहीलाई त्यस्तो समस्या नहुने विभागको दाबी छ ।