NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

प्रचण्ड-नेपाल समूहले आज काठमाडौंका नौ स्थानमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आज नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंको नौ स्थानमा शक्ति प्रदर्शन गर्ने भएको छ । गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेदेखि आन्दोलनरत उक्त समूहले दोस्रो पटक विरोध सभा आयोजना गर्न लागेको हो । विरोध सभामा एक लाख भन्दा बढी कार्यकर्ता सडकमा परिचालन गर्ने प्रचण्ड—नेपाल समूहको दाबी छ । आज काठमाडौंको माइतीघर, डिल्लीबजार, लैैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेज, वाल्मिकी क्याम्पस र ललितपुरको कुपण्डोलबाट ११ बजे -याली निकाल्ने तयारी छ ।