NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

पाटनको देगु तलेजु मन्दिरको पुनःनिर्माण गरिने

काठमाडौं । पाटन दरबार परिसरमा रहेको देगु तलेजु मन्दिर पुनः निर्माण गरिने भएको छ । विसं २०७२ सालको भुकम्पका कारण जीर्ण बनेको मन्दिरको पुनः निर्माण तथा जिर्णोद्घार गर्न लागिएको हो । पाँच वर्षसम्म जीर्ण रहेको मन्दिरलाई अहिले मात्रै पुनः निर्माण गर्न लागिएको हो । मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि तत्काल स्काफोल्डिङको काम अघि बढाइएको छ । भुकम्पले मन्दिरका कस्तो क्षती पुर्याएको छ भन्ने बारेमा अध्ययन तथा अनुसन्धान गर्न तीन महिना लाग्ने र त्यसपछि मात्रै मन्दिरको पुनः निर्माणको काम सुरु गरिने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सरस्वती सिंहले बताइन् । उनले भनिन्, ‘मन्दिर भत्काउन शुरु गरेपछि त्यहाँका इँटा, कलात्मक काठलगायत पुरातात्विक महत्वका वस्तु मुचुल्का बनाएर सुरक्षित भण्डारण गर्नेछौं ।’ मन्दिर निर्माणका लागि जापान सरकारले १३ करोड रुपैयाँ रकम सहयोग गरेको सिंहले जानकारी दिइन् । मन्दिरको अवस्था सर्सरती हेर्दा छाना पानी चुहिएर बिग्रिसकेकाले सबै पुनःनिर्माण गर्नुपर्ने देखिएको सिंह बताउँछिन् ।